घुयँत्राे:“गद्दी तताउँदै राजा, कुर्सी जोगाउँदै नेता!”

हैन ! राजा त मुख्खैमा आकाे चुनाबनि गर्न हुन्न याे चुनाउले शान्ति र स्थिरता ल्याउन्न भन्छन त ! प्रजातनत्र दिवसकाे अबसर पारे, गर्या घाेषणाले त राम्रोसंकेत देखाउन्न त गाँठे । त्यसाे त राजाले नि पुन गद्दी आराेहण कैले गर्ने भनेर कुर्या हाेलान क्यारे अनप राप्रपा र दुर्गा प्रसाईं राजालाई गद्दीयाँ बसाउँछम् भनेर कस्सिया छन छन अनि ऐले अबसर मिल्या बेलाँ आफ्ना कुरा राख्न पाए केही हुन्थ्याे कि भन्ने हाेला त्यै भएरनि राजानी अब वारकिपारकाे लडाइँमा कस्सिने हुनकि जस्ताे देख्खियाे । देश यै अस्थिर राजनीति र तरल अबस्थाँ गुज्र्याबेला लाग्न पाए त केही हुन्थ्याेकि भन्ने दाउमाछन तर,देशका ठूलादल कुनैपनि हालताँ राजा फर्काउने पक्षाँ छैनन । त्याे जाबाे दुर्गा प्रसाईँकाे र राप्रपाकाे साथले ढल्या राजसंस्था अब फर्किन्छ भन्नेमा काेहि विश्वस्त छैनन । यश अघि काे राप्रपाकाे आन्दोलाँ जब राजाले हस्तछेप गरेर नबराज सुबेदिलाई आन्दोलनकाे नाईके बनाए तब देखिनै ज्ञानेन्द्रप्रति फेरि पनि जनताकाे मनमा अविश्वाश पैदा भयाे । पन्चायतकाे खुँखार मण्डलेकाे साथलिएर हिँडने निर्णय जब राजाले गरे तब राप्रपा भित्र नि खैला बैला नमच्चिएकाे हैन ।
किनभने हिजाेकाे पन्चायतनिति तथा जाँचबुझ समितिकाे काट्टाे खाएकाे सुवेदिलाई नेतामानेर जान पाटि सिस्टम्मा नेतृत्व गरेका पन्चहरुले मानेन तब नेतृत्वकाे लागि राप्रपा भित्रभित्रै असमझदारी बनेर कैयौं नेताहरुलाई लिङदेनले कार्वाहि समेत गरे । यता चुनाबकाे घाेषणा भएदेखिनै चुनाबाँ भागलिन्न, चुनाब गराउन कार्कि सरकारले सक्दैन ।आन्दोलनका बेलाँ भाग्याजति कैदिले नेताहरकाे ज्यान सुरक्षा छैन, शान्ति स्थापना नभै चुनाब हुन्न भन्या केपि वलिकाे केही दिन अघिसम्म अघिकाे बाेलि र प्रजातन्त्र दिवसका अबसराँ राजा ज्ञानेन्द्रकाे चुनाब गर्न नहुने मनसायले कतै एमाले र राजा स्वार्थ याैटै त हैन भन्ने जस्ताे पाे भाे त ! यदि साँच्चिकै राजानि चुनाबकाे पक्षाँ नहुने र सेनालेनि राजैकाे साथ दिने हाे भनेत चुनाब नहुननि सक्छ । अर्काेतिर जेनजीहरुनि चुनाबमा उठेका १७ जना प्रतिनिधि मध्ये याैटाले नि चुनाब नजित्ने र आँफुले गरा चुनाबाँ आँफै पराजित हुनेहाे भनेत देशाँ सरकारी र निजि सम्पति सत्यानास हुनेगरि गर्या आन्दोलनकाे के अर्थ भाे र बरुु ऐले चुनाब स्थगित भा भए हुन्थ्याे भन्ने पक्षमा छन तर आँफुले त्याे कुरा उठाउन सकिरहेका छैनन ।
यसैले राजाले प्रजातन्त्र दिवसका दिन उठाएकाे कुरालाई भित्र भित्रै उनिहरुकाेनि समर्थन छ जस्ताे लाग्छ । के भन्न सकिन्छ र दुवैकाे स्वार्थ मिल्याेभने चुनाब हुनै थालेनि आन्दोलन गरेर भएनि चुनाब राेक्न सक्छन । ५२ देखि ६४ सम्म जसरि माओवादि भनेछि डरले थर्कमान भएर उल्ले जे भन्याे त्यै हुन्थ्याे भने गएकाे भदाै २४ पछि सामान्य जनतामात्रै हैन नेताहरु समेत जेनजी भनेछि डरले कायल हुन्छन । यै कुराकाे फाईदा उठाएर जेनजीले चुनाब हुनदिन्न भनेर आन्दोलन गर्ने अनि राजा ,सेना र पुलिसले शान्ति सुरक्षालाई अगाडि सारेर चुनाब हुन नदिने खेल खेले भने त देशाँ चुनाब हुन्ननै त्यसपछि के के हुन्छ त्याे त समयले नै बताउला ऐल्यै के भन्न सकिन्छ र !






