घुयँत्राे: “सरकारलाई दुर्गा एलर्जी: जहाँ प्रसाईं, त्यहाँ सुरक्षा घेराबन्दी!”

यी दुर्गा प्रसाईं भन्ने मान्छेसितनप सरकार कति डराउँदाे रैछ के ! जब दुर्गा प्रसाईं कसैलाई बाेलाएर भात ख्वाउँछन त्यान्निरनि मान्छे डराएकैछन अनि कतै आन्दोलनका नाममा पुलिसलाई नटेरेर धकलपकल गरेर हिँडछन त्याँनिरनि सरकार डराएर परसाईँकाे पिछा गरेकै हुन्छ । साँच्चै प्रसाईं ठूलै बम गाेलै हुनकि क्या? कतै निस्किन खाेज्याेकि पडकिहाल्छकि अनि पडकाई हाल्छकि भनेर सरकार उई कैले भित्र कैले बाईर गराउँदै प्रसाईँलाई ठूलै हाउगुजि बनाछन गाँठे । हुनत प्रसाईँनि उस्तै छन के सामान्य मेडिकल ब्यवसायि भनेर आफ्नो पहिचान वनएर पूर्वाञ्चलमा राम्रै अस्पताल ब्यबसायीका रुपमा धन्दा गर्दै आ मान्छे कस्काे चक्कराँ लाएर बैंक ऋण मिनाह गराउने खेलाेकाे चक्कर चलाउँदा नत ओलिबालेनै अस्पतालकाे स्वीकृति दिलाई दिए नत प्रचण्डले मार्सि चामलकाे भात खाएर पर्साईँकाे कल्याण गर्दिए । त्यै बेलादेखि वितडिन थालेका प्रसाईं हुने नहुने भाउँता गर्दै ,कैले सरकारले मेराे माग पूरा गरेन भनेर सडकाँ आउँछन कैले राजा ल्याम भनेर सडका आउछन , सडकाँ आउनुनि कसरी भन्दा पूरा दलबलनै ल्याएर या मानका भुसतिघ्रेहरलाई अघि पछि लाएर भख्खरै ठूलै वितण्डा मच्चाउलान जसरि निस्किन्छन अनि सरकारनप किन नडराओस के ! त्यसै त देशाँ शान्ति सुव्यवस्था भएन भनेर सर्वसाधारण कराईराछन अनि त्यै माैका छाेपेर शान्ति खलबलिने गरि आन्दोलन गर्छु भनेछि सरकारनि के गराेसतनि विचरालाई बेलाबेलाँ चिसाे छिंडियाँ राखेर हप्तादिन देखि मैनाैँसम्म सिदा ख्वाएर तर्साउन हालेछि पर्साईँनि यस्साे माैका पर्याेकि आन्दोलनकै ताकाँ हुन्छन ।
खासगरि बैंककाे ऋण माफि गराउँछु भनेर जनतालाई सडकाँ बाेलाएछि बैंकको ऋणले चुर्लुम्म डुब्याहरु ऋण माफि भै जान्छकि त भनेर सडकाँ आउन किन गाह्राे मान्ने भए तनि देशकाे आधा जनसंख्या ऐले बैंकको ऋण तिर्न नपाएर छट्पट्टियाछन त अनि ऋण मिनाहा भै जान्छ कि त कतै मैत छुट्दैन भनेर पर्साईँकाे आन्दोलनाँ तँछाडमछाड गरेर आउने कारण नि त्यै हाे । जेनजी आन्दोलन पछि त झन आँफै राजनीतियाँ गाँसिएर हिँडन लाएछि त झन प्रसाईं त त्यसै चर्चाँ छनि । जेनजी आन्दोलन पछि बनाउने सरकाराँ सेना प्रमुखसित गएर पूरा वार्तासार्ता चलाएर सेनापतिलाई नै मख्ख पार्देछि धन्न सेनाले आफ्नो तर्फाट मन्त्री बनाउन सिफारिस गर्छकित भनेर मान्छेले अनुमान गरि सक्याथे धन्न पछि के भएर फुत्किए कुन्नि हुलमुलाँ मन्त्री भा भए भ` का हुन्थे । के था मन्त्री भै हाल्या भा ऐले २० लाखसम्मकाे ऋण मिनाहा गराईद्याभा पर्साइँका लागि माननीय भन्ने पद त राेजिछानी जुन जिल्लाट चुनाब लडेनि जित्थे हाेला । तर के गर्नु बिचराकाे भाग्यै खाेटाे कैलेसम्म दुख पाउन र मामाघरकाे मेजमान भै रहन लेख्याछ त्यति बेलासम्म व्यहाेर्नै पर्ने त हाेला । हिजाेका दिनाँ थाेरै केई चित्त बुझेनकि माओवादिहरु नेपाल बन्द भनेर आउँथे आफ्नाे काम पट्याउँथे हिँडथे ।अब माओवादि भन्ने पाटि छैन त्यसकाे सट्टा यीनै पर्साईँनै नेपाल बन्द भन्दै सडकाँ आउँदै गर्नेत हाेलान । देशैभर कार्यकर्ता नभएनि राजधानीयाँ र झापाँ त हाेलान केरेनि तिनै दुई ठाँ बन्द भएनि त्याँकाे हावा अन्तनि सर्याे भनेत एकदिन न एकदिन कस्साे पर्साईँकाे आन्दोलन सफल नहाेला हैन र ? त्यसैले याे देशाँ नेपाल बन्दकाे खेलाे गर्नेहरुकाे खेलाे सप्रेकैछ विग्र्याछैन पर्साइँकाे खेलाेनि एकदिन न एकदिन कस्साे नसप्रेला यै आशाँ पर्साईँकाे आन्दाेलन चल्या हाे त्यसैले यिनकाे आन्दोलनलाई धेरै हाउगुजि गराउने काम नगरम ।त्यत्राे त्यत्राे माओवादि आन्दोलन त थेग्याे देशले भने त्याे जाबाे सर्साईँकाे आन्दोलन किन नथेग्ने हाे । त्यसैले सरकार दुर्गाकाे भुतसित नतर्सिम शान्ति र सुशासनका लागि मेहनत गरम् अरु भन्या झिनामसिना हुन । कि कसाे !





