घुयँत्राे:“संविधान जोगाउन हिँडेका उम्मेदवार, बारीमा आलु जोगाउँदै!”

चुनाबमा मत हाल्न अब १५ दिन मात्रै बाँकी छ । उमेदवारहरु काेहि संविधान र प्रजातन्त्र जाेगाउन त काेहि देशविकाश गर्न म वा मेराे पाटिलाई भाेट दिन पर्याे भनेर गाउँ शहर घुम्दैछन । चुनाबमा जनताकाे अपेक्षा के हाे थाहा छैन तर आँफुले चुनाब जितेमा यसाे गर्छु र उसाे गर्छु भनेर उनै पुराना रटान लाई रहेका छन । त्यति मात्रै हाे र ! गाउँघर घुम्दै जाँदा घरमालिकहरु बारीमा हलाे जाेत्दै छन भने त्यै हलाे समातेर जाेत्न शुरु गर्ने,खाना पकाउँदैछन भने खाना पकाई लाग्ने भलै घरमा कैल्यै खाना नपकाएकाे हाेस । त्यति मात्रै हाे र मत माग्न जाँदा बारीमा आलु खनिरहेका भेटिए , फरुवा समाएर आलु खन्नतिर लाग्ने ! यस्ता अनेकन चटक उमेदवारले गरेकाे देखिन्छ । के वास्तबमा जनताले उमेदवारले गरेकाे काम नै उनरले चाहेकाे हाेला त या यस्तै गरेछि जनताले भाेट दिन्छन भन्ने उनरुप्रति पक्का विश्वाश छ त या त भाेटरलाई अण्डर स्टिमेट गरिएकाे हाे कि यीनिहरुकाे ह्याँ भन्दा बढि साेच्ने हैसियत छैन भनेर । मत माग्न जाँदा यस्तै यस्तै काम गर्दै जाँदा कुनै उमेदवारले गाई दाेहि दिन्छु भन्ने निहुमा गाेरु दुहुन पुगेर गाेरुले लात्ती हानेर मलखादबाट तल सुईक्यायाे भने ती उमेदवारलाई उठाउँदै ” गाई र गाेरु नचिने जस्तै तपाईंले जनताकाे समस्या चिन्नु हुन्न ” भन्ने शिक्षा दिएर पठाए भने मतदाताकाे हैसियत र उमेदवारकाे हैसियतबारे ती उमेदवारलाई कल्ले सम्झाई दिने हाेला । ३६ सालदेखि बहुदल र प्रजातन्त्र भन्दै आएका हामी ४६ देखि प्रजातन्त्र र ४७ देखि जनताकाे प्रतिनिधिले बनाकाे संविधानबाट परिपालित हुँदै आएका छम् देशमा प्रजातन्त्र र प्रजातान्त्रिक संविधान आकाे ( विश्वकै उत्कृष्ट संविधान भनिन्थ्याे ४७ काे संविधानलाई ) साढे तीन दशक वितिसक्याे यसवीचमा धेरै परिवर्तन आयाे राजनीतिक प्रणालि फेरियाे , संविधान सभाले संविधान ल्यायाे रक्तपातकाे परिणामस्वरुप माओवादि भन्ने याैटा भिन्दै शक्ति राजनीति र सत्तामा आयाे त्यतिले मात्रै पुगेन देशबाट राजतन्त्रै गयाे गणतन्त्र आयाे र पनि प्रजातन्त्र र संविधानकै दुहाई दिएर नेता र दलहरु जनतालाई निचाेरी रहेका छन । ३५ बर्षमा फस्टाएकाे भष्टाचारविरुद्ध ठूलै आँधिबेरीसरी जेनजी आन्दोलन आयाे र दुई दिनमै सबै थाेक बढारेर लग्याे त्यसकै परिणामस्वरुप देशमा फागुन २१ मा चनाब हुँदैछ । तर पनि जनता र देशका दुष्मन भष्टाचार र बेथितिकाे भन्ने कुरा दल र दलका उमेदवारले नबुझेका हुनकि बुझ पचाएका हुन बुझ्न कठिन भै रहेकाेछ । यश पटककाे चुनाबी नारा भष्टाचार र वेथितिविरुध्द हुनु पर्नेमा उहीँ प्रजातन्त्र र संविधानकाे रक्षा भन्दै उमेदवारहरु काेहि गाईका नाममा गाेरु दुहुन त काेहि आलु खन्न र काेहि हलाे जाेत्नमा व्यस्त देखिन्छन ।
देशमा वहुदल आएकाे यतिका वर्ष भै सक्दा पनि र जेन्जी आन्दोलनले यस्तो प्रष्टबाटाे, पहिलाे भष्टाचारकाे अन्त्य,दाेश्राे वेथितिकाे अन्त्य, तेस्रो संविधान संसाेधन सहित सदनमा सिमित प्रतिनिधित्व ,चाैथाे प्रदेश सरकार खारेजी ,प्रशासन र कर्मचारी संख्या फेरवदल जस्ता कुराबाट देशलाई सुशासनतिर लैजानु पर्ने बाटो जेनजी आन्दोलनले देखाउँदा देखाउँदै पनि उमेदवारहरुले त्यसका लागि आफू र आफ्नाे दलले के गर्न लागेकाेछ भन्ने सन्देश मतदातासमक्ष लिएर जानू पर्ने ठाउँमा उमेदवारले त्यसबारे कुनै साेच बनाउन नसक्नु र उनिहरुकाे हैसियत वारि खन्ने ,जाेत्ने र दुहुनेबाट माथिल्लाे स्तरमा उक्लिन नसक्ने देखिनुले यस्ता उमेदवारले चुनाब जितेर पनि सदनमा कस्ताे आवाज उठाउलान र जेनजी आन्दोलनले उठाएका समस्याकाे समाधान कसरी खाेज्लान ? यीनरकाे यस्ताे ब्यबहारले के देश परिवर्तन हाेलात ? जस्ता जिज्ञाशा जनतामा छन भने नेताहरु संविधान र प्रजातन्त्र खतरामा रहेकाे हाउगुजि देखाएर सँधैभरि आँफुले चाहेकाे जस्तै गर्न पाउने र सत्ता सँधै आँफ्नै अघिपछि घुमि रहाेस र भष्टाचारकाे खेलमा सँधैभरि आँफ्नाे जित भै राखाेस भन्ने ठान्ने, अनि तिनका कार्यकर्ता उमेदवारकाे हैसियत ऐले चुनाबि दाैडमा गाउँ घरमा हिँडदा तिनले गरेका ब्यवहार र तिनरकाे हैसियत देख्दा जनताले याे पटक चुनाबमा जित्नेबाट पनि कुनै आश राख्ने ठाउँ देखियन ।त्यसैले याे चुनाबलाईनि चुनाबका नाममा चुनाब बाहेक केही उपलब्धि हुने देखियन ।





