पुराना र नयाँको नाममा भ्रम छर्ने काम भइरहेको छ : एमाले सचिब कंडेल 

सुर्खेत, ३ फागुन । 

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई   लक्षित गर्दै अखिल नेपाल महिला संघ बिरेन्द्रनगरले  शनिबार विरेन्द्रनगरमा नगर भेला भव्य रूपमा सम्पन्न गरेको छ ।  भेलामा नगरका विभिन्न वडाबाट महिलाहरूको उल्लेखनीय सहभागिता रहेको  थियो ।

कार्यक्रममा नेकपा एमालेका सचिब   यामलाल कँडेलले समाजमा पुस्तागत सहकार्यको आवश्यकता औंल्याउँदै नयाँ–पुरानोको नाममा जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको  बताए  । उनले भने  “हाम्रो समाजमा विभिन्न पुस्ता छन् ।  खास गरि नयाँ र पुराना भनेर जनता बीच भ्रम छर्ने काम भइरहेको छ । छोराछोरीले बुबाआमालाई ‘पुराना’ भनेर लखेटे भने समाज कता जान्छ ?”

उनले सही र गलतलाई तथ्य र विवेकका आधारमा जनताले निर्वाचनमा छुट्याउनुपर्ने धारणा राखे । उनले  राजनीतिक रूपमा नेकपा एमाले विजय भइसकेकोले निर्वाचनमा एमाले जित्ने दाबी गरे ।

कँडेलले चुनाव जित्न सामूहिक मेहनत र निरन्तर यात्राको आवश्यकता रहेको उल्लेख गर्दै कार्यकर्तालाई थप सक्रिय भएर लाग्न  हुन आह्वान गरे ।  कार्यक्रममा एमाले केन्द्रिय सदस्य मोहन माया ढकाल, पद्मा खड्का, सुर्खेत क्षेत्र  नं. २ का  प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलमणी देवकोटालगायत नेताहरुको सहभागिता रहेको थियो।

पुराना र नयाँको नाममा भ्रम छर्ने काम भइरहेको छ : एमाले सचिब कंडेल 

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

पुराना र नयाँको नाममा भ्रम छर्ने काम भइरहेको छ : एमाले सचिब कंडेल 

चुनावी एजेण्डामा सीमित खड्कवार–घुइँयाबारी सडक 

Leave a comment

Your email address will not be published. Required fields are marked *