जलाशययुक्त आयोजनाको बिजुली खरिद–बिक्रीदर तोकियो: बर्खामा युनिटको ७ रूपैयाँ सुख्खायाममा १५ रूपैयाँसम्म

काठमाडौं, २७ माघ ।

विद्युत नियमन आयोगले जलाशययुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद–बिक्री(पिपिए) सम्बन्धी निर्देशिका ल्याएको छ । आयोगले  ॅजलाशययुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका, २०८२’ तयार गरेको हो । जलाशययुक्त विद्युत केन्द्रबाट उत्पादित बिजुली खरिद–बिक्री सम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न निर्देशिका जारी गरेको आयोगले जनाएको छ ।

निर्देशिका अनुसार न्यूनतम १५ दिन निरन्तर पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने पानीको आयतन (वातावरणीय बहाब कायम गर्न आवश्यक पर्ने बाहेक) सञ्चय गर्न सक्ने सक्रिय जलभण्डारण क्षमता (एक्टिभ स्टोरेज क्यापासिटी), कम्तीमा ५० वर्ष पानी भण्डारण गर्न सक्ने, सुख्खा याममा ३५ प्रतिशत बिजुली उत्पादन गर्न सक्ने आयोजनालाई जलाशययुक्त विद्युत उत्पादन केन्द्र भनिएको छ ।

निर्देशिकाले यस्ता आयोजनाको बिजुली खरिद दर सुख्खायाम (ड्राइ सिजन) र वर्षायाम (वेट सिजन) का आधारमा फरक–फरक निर्धारण गरेको छ । सुख्खायाममा प्रतियुनिट १२ रूपैयाँदेखि १५ रूपैयाँसम्म तथा वर्खायाममा प्रतियुनिट करिब ७ रूपैयाँदेखि ९ रूपैयाँसम्म तोकिएको छ ।

निर्देशिकाले पिपिए दर पुनरावलोकन तथा पुनःनिर्धारण सम्बन्धी व्यवस्था समेत गरेको छ । जसअनुसार आयोजनाको सम्पूर्ण संरचनाको ठेक्का सम्झौता सकिएपछि र व्यापारिक उत्पादन सुरू भएको एक वर्षभित्र विद्युत खरिददर पुनरावलोकन गर्न सकिनेछ ।

आयोजनाको व्यापारिक उत्पादन सुरू भएको मितिले पाँच वर्ष पूरा भएपछि प्रत्येक पाँच–पाँच वर्षमा विद्युत खरिद दर पुनःनिर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।  त्यस्तै, यस्ता आयोजनाको लागि स्वपुँजी लगानी बापत वार्षिक प्रतिफल (रिटर्न अन इक्विटी) को दर आयोगले अधिकतम १७ प्रतिशतसम्म तोक्न सक्नेछ ।

 

 

जलाशययुक्त आयोजनाको बिजुली खरिद–बिक्रीदर तोकियो:  बर्खामा युनिटको ७ रूपैयाँ सुख्खायाममा १५ रूपैयाँसम्म

दाङ–३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

जलाशययुक्त आयोजनाको बिजुली खरिद–बिक्रीदर तोकियो:  बर्खामा युनिटको ७ रूपैयाँ सुख्खायाममा १५ रूपैयाँसम्म

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

Leave a comment

Your email address will not be published. Required fields are marked *