घुयँत्राे:“ठेक्का तोडियो, कर्मचारी मोडियो… देश चाहिँ जस्ताको त्यस्तै जोडियो!”

नेपालका ठेकेदारहरु र कर्मचारीकाे मिलाेमताेमा निर्माण गर्नु पर्ने सडक, पुल तथा अन्य निर्माणलाई ठेक्का सकारगरि सम्झाैता गरेकाे कैयौं बर्षसम्म काम नगर्ने तथा काम शुरुगरेपनि त्यसलाई बीचमै छाेडेर अलपत्र पारेका ठेक्काहरुकाे अनुगमन र हेर फेर गरि यीनै ठेकेदारलाई काम गर्न दिएमा ती काम अँझै कैयौं बर्ष अलपत्र रहने देखेपछि भाैतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जाँदाजाँदै करिब २ सय छैसठ्ठी ठेक्का ताेडेर गए । उनी गएकाे पनि २ मैना विति सक्याे र याे समय भनेकाे नेपालमा सरकारले निर्माणकार्यका लागि ठेक्का पट्टा लगाउने समय हाे तर कर्मचारीहरु भने नत हिजाे देखि थाँति रहेका ती कामकाे पुन ठेक्का गर्न तयार देखिन्छ नत नयाँ आयाेजनाकाे । भ्रष्ट कर्मचारी तन्त्रका कारण देश बिछट्टै तमाशाकाे बनिरहेकाेछ । तर ती कर्मचारीहरुलाई तह लगाउन नत प्रधानमन्त्रीले नै चासाे दिएकिछिन नत विभागीय मन्त्रीले चासाे लिएकाे देखिन्छ । चुनाबकाे बहानामा कुनै पनि काम नगरेर बसेका कर्मचारीहरु ,सबै जसाे कर्मचारी संगठनमा आबद्ध भएकाे र ति कर्मचारीले आफ्नो पाटिकाे मान्छेले चुनाब जितेर नआएसम्म कुनै पनि काम नगरेर हात बाँधेर बस्ने नीति लिएका कारण देश ऐले निर्माण कार्यमा ठप्प छ । ठेक्का लिने तर पहूँचकाे भरमा बीसौं वर्ष काम नगरेर बस्ने तर पनि उनिहरुलाई कुनै कारवाहि नभएकै कारण निर्माण कार्यमा बेथिति माैलाउँदै गै रहेकाेछ भने भ्रष्टहरु उत्साहित बनिरहेकाछन । अनुशासनबिनाका छाडा कर्मचारीकाे हातमा शासन गयाे भने देशकाे कुनहालत बनाउँछन भन्ने कुरा विगत केहिबर्षदेखि देशले व्यहाेरि रहेकाेछ । निर्वाचन पछि बन्ने सरकारले याे छाडा प्रवृतिलाई हातमा लिएर देशलाई स्थायित्व दिन उन्मुख हाेला भन्ने आशपनि चुनाब नजिकिँदै गर्दा हराई सकेकाेछ । किाभने याे चुनाबमानि कुनैयाैटा दलले बहुमत ल्याएर सरकार बनाउला जस्ताे छैन । फेरि पनि ४/५ वटादल मिलेर मुस्किलले सरकार बनाउने अबस्था आयाे भने सरकार स्थिर हुने कुरै भएन अनि स्थिर सरकार भएन भने कर्मचारीकाे दैनिक प्रशासन सन्चालनमा फेरि भष्टाचार माैलाउने निश्चितछ । दलहरुले गरेकाे भष्टाचार र जनताका कुराका सुनुवाई नहुँदा भएकाे जनआक्राेसले देशमा२ बर्ष अघिनै चुनाब निम्तिएकाेछभने चुनाबले पनि कुनै याैटा दललाई विश्वास दिएर स्थिर सरकार दिने कतै सम्भावना छैन ।यसलाई हेर्दा जनतानै स्थिर सरकारकाे पक्षमा छैनन भन्ने प्रस्ट हुन्छ । यस्ताे अबस्थामा न याे चुनाबले समस्याकाे समाधान दिन्छ न देशविकासकाे अपेक्षा पूरा हुन्छ । जति राजनीतिक अस्थिरता हुन्छ त्यतिनै कर्मचारीलाई भष्टाचार गर्ने अबसर मिल्दछ । कर्मचारीकै कारण ऐले देशका सबै क्षेत्र अस्थिर र भ्रष्टछन । यै भ्रष्टताकाे पराकाष्ठाले देशका निर्माण क्षेत्रहरुनि छिन्नभिन्न भएका हुन । आजभन्दा २० बर्ष अघि बनिसक्नु पर्ने सडक, पुल वा भवन २० बर्षसम्म बन्दैन र राजनीतिक अस्थिरताका नाममा सम्बन्धित निकायले बनाउने अग्रसरता देखाउन्न अनि ठेकेदारले कुनै बहाना बनाएर अदालत जान्छ अनि अदालतलेनि यस्ता मुद्दालाई प्राथमिकता दिएर त्यसकाे छिनाेफानाे तत्काल गर्दैन । अनि ती काम समयमै नगर्दा विकाश निर्माण पछि पर्छ भने यसका जिम्मेवार निकायलाई कार्वाहिकाे दायरामा लग्ने कुनै विकल्प नहुँदा देश आँफै तमासे बनेर बस्नुकाे विकल्प छैन । यस्ताेअबस्था देखेर जनता पाटिप्रति आगाे ओकलि रहेकाछन । त्यसैले यस्ताकामहरु कुन निकायमा अडकियर बसेका छन ती निकायले तत्काल समाधान खाेजेर अघि बढनु पर्छ । अन्यथा हिजाे जेनजीका निसानामा परेका नेताकाे तमाशा हेरेर तालिपिटने भ्रष्ट कर्मचारी अब त्यस्तै गरि जेनजीकाे निशानामा पर्दैनन र भष्टाचारकाे आडमा ठड्याएका महल खरानी हुँदैनन् भन्ने ग्यारेन्टी कसले गरिदिन्छ ! बेलैमा चेताैँ र आआफ्नो जिम्मेवारी आँफै बहन गराैँ । चेतना भया !

घुयँत्राे:“ठेक्का तोडियो, कर्मचारी मोडियो… देश चाहिँ जस्ताको त्यस्तै जोडियो!”

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई

घुयँत्राे:“ठेक्का तोडियो, कर्मचारी मोडियो… देश चाहिँ जस्ताको त्यस्तै जोडियो!”

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’

Leave a comment

Your email address will not be published. Required fields are marked *