बनगाडमा नसर्ने राेग सम्बन्धि स्वास्थ शिविरबाट ३ सय वढिले सेवा लिए

दुर्गा बिसि
सल्यान ,२४ माघ।
सल्यान पश्चिममा पेन पेनशिविरबाट २ सय ५५ जनाले सेवा लिएका छन् ।बनगाड नगर अस्पतालमा उक्त शिविर आयोजना गरिएको थियोे । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढाकाे अध्यक्षता, बनगाड कुपिन्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीकाे प्रमुख आथित्यता, स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल प्रसन, कार्यक्रमका संयोजक तारा प्रसाद रिजाल, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका मेडिकल टेक्नोलोजिस्ट ओम आचार्य,बनगाड कुपिन्डे नगर अस्पतालका मेडिकल अधिकृत डा. रन्जन रेग्मी, स्वास्थ्य शाखा प्रमुख नवीन चौधरी, स्वास्थ्य शाखा उप- प्रमुख बासुदेब पोखरेल, नगर अस्पतालका ब्यबस्थापक ईन्द्र राज पोखरेल लगाएतको स्वास्थ्य कर्मिकाे टिम लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियोे ।शिविरमा नसर्ने रोग सम्बन्धि पेन/पेन प्लस क्लिनिक/ शिबिर कार्यक्रम एक दिने रहेको थियोे ।
उक्त शिबिरमाबाट १सय ९२ जना महिला र ६३ जना पुरुष गरि जम्मा २सय ५५ जनाले सेवा लिएको जनाएको छ ।
जस सेवा मध्ये डेन्टल सेवा २९ जना,रक्त परिक्षण सेवा ३९ जना, र पाठेघरको मुखको क्यानसर लक्षण (VIA)को सेवा ४५ जना सहित जम्मा १ सय १३ जनाले लिएको वताएकाे छ । ओ.पि.डि. सेवा १ सय ४२ र
४५ जना VIA जाँच मध्ये २ जनाको रिपोर्ट पोजिटिभ रहेको थियो।उक्त शिबिरमा नसर्ने रोगको जाँचपड्ताल, तथा उपचार दन्त सेवा, VIA सेवा र रक्तपरिक्षण सेवा दिईएको थियो।






