राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ढकालको चार दशक लामो राजनीतिक यात्रा

बाँके ,८ माघ।

राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गर्नुभएका नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकाल २०४५ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनुभएका अनुभवी, वैचारिक र संगठन निर्माणमा निपुण नेता हुनुहुन्छ। उहाँको धारणा अनुसार राजनीति भनेको आवेश र भावनामा गरिने क्रिया होइन, जनताको सेवा गर्ने माध्यम हो, जसले समाजलाई सचेत, संगठित र आर्थिक–सामाजिक रूपान्तरणतर्फ डोर्याउनुपर्छ। यही विचारलाई आत्मसात् गर्दै उहाँले चार दशकभन्दा बढी समय विद्यार्थी, युवा र पार्टी संगठनमार्फत निरन्तर जनसेवाको अभियान अघि बढाउनुभएको छ।

ढकालको राजनीतिक यात्रा अनेरास्ववियु एकताको पाँचौँ साधारण सदस्यबाट सुरु भएको हो। त्यसपछि उहाँ प्रारम्भिक कमिटी सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै अघि बढ्नुभयो। जिल्ला तहमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्य, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका ढकाल अञ्चल कमिटीको सदस्य, उपाध्यक्ष र अध्यक्षसमेत रहनुभयो। साथै, उहाँ भेरी इञ्चार्ज तथा अनेरास्ववियु केन्द्रीय सदस्यको रूपमा पनि सक्रिय रहनुभएको छ।


युवा संगठनमार्फत पनि उहाँको योगदान उल्लेखनीय रह्यो। राष्ट्रिय युवा संघ नेपालको अञ्चल कमिटी सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै भेरी इञ्चार्ज बन्नुभएको ढकाल पछि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसम्म पुग्नुभयो। यस क्रममा उहाँले हजारौँ युवालाई नेतृत्व, संगठन र वैचारिक प्रशिक्षणमा जोड्न सफल हुनुभयो।
पार्टी राजनीतिमा गाउँ कमिटी सचिवबाट सुरु भएको उहाँको यात्रा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, क्षेत्र नम्बर १ को इञ्चार्ज र जिल्ला कमिटी अध्यक्ष हुँदै लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्यसम्म विस्तार भयो। नेकपा एमालेको १०औँ र ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ढकाल हाल बाँके इञ्चार्जको रूपमा सक्रिय रहनुभएको छ।


तीन स्थानीय तह, ३० वडा र २६५ टोल समेटिएको बाँके क्षेत्र नम्बर १ मा उहाँ जनतामाझ अत्यन्त लोकप्रिय युवा नेताको रूपमा चिनिनुहुन्छ। विद्यार्थी, युवा र पार्टी संगठनमा गहिरो दखल राख्ने उहाँ जुनसुकै जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गर्ने क्षमतावान् नेता मानिनुहुन्छ।
सरल, सहज र सबैसँग मिलनसार स्वभावका सूर्य ढकाल दिएको जिम्मेवारी पूरा गर्न इमानदारिताका साथ लाग्ने नेताको रूपमा बाँकेवासीहरूले चिन्छन्। उहाँ बाँके जिल्लामा वैचारिक नेता र कुशल संगठन निर्माणकर्ताको रूपमा स्थापित हुनुहुन्छ। दर्जनौँभन्दा बढी पुस्तक प्रकाशन गरिसक्नुभएका ढकाल विभिन्न अनलाइन माध्यम र पत्रपत्रिकामा स्तम्भकारका रूपमा पनि परिचित हुनुहुन्छ।


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ को समग्र विकास र समृद्धिका लागि सूर्य ढकाललाई अत्यधिक मतका साथ विजयी गराउन आम मतदातामा अपिल गरिएको छ। सूर्य चिह्नमा मतदान गर्दै शिक्षित, अनुभवी र जनमुखी नेतृत्वलाई संसदमा पठाउने अपेक्षा अहिले बाँकेभरि व्यापक रूपमा व्यक्त भइरहेको छ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ढकालको चार दशक लामो राजनीतिक यात्रा

एआइ प्रविधिमा नेपाली छलाङ : ‘मिरागो’ योर

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ढकालको चार दशक लामो राजनीतिक यात्रा

सम्पादकीय : योग्य व्यक्ति छान्ने अवसर !

Leave a comment

Your email address will not be published. Required fields are marked *