बाँकेका तीन निर्वाचन क्षेत्रमा ६१ उम्मेदवार मैदानमा, मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण

बाँके ,७ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १, २ र ३ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन कार्यालयका अनुसार बाँके क्षेत्र नम्बर १ मा तीन जना स्वतन्त्रसहित १६ जना, क्षेत्र नम्बर २ मा तीन जना स्वतन्त्रसहित २२ जना र क्षेत्र नम्बर ३ मा पाँच जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेदवार तथा समर्थकको उल्लेखनीय सहभागिताका कारण दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको हो।
क्षेत्र नम्बर १ मा १६ उम्मेदवार
क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दीपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदीपकुमार शाह, स्वतन्त्र उम्मेदवार प्रदीप पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट फेरुलाल चौधरी, श्रम संस्कृति पार्टीका भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुरजा थापा र नेकपा एमालेका सूर्यप्रसाद ढकाल रहेका छन्।
क्षेत्र नम्बर २ मा २२ उम्मेदवार
क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुधांशु कोइराला, नेकपा एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेष र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृति पार्टीका रामचरण चौधरी, नेकपा (माओवादी) का महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदीश ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बाबु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव, जनमत पार्टीका मोहम्मद आजाद शाइ, गोपालप्रसाद गिरी, सौरभजंग शाह र मनोजकुमार चौधरी पनि उम्मेदवार रहनुभएको छ।
क्षेत्र नम्बर ३ मा २३ उम्मेदवार
त्यस्तै, क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका अमरसिंह पुन, नेकपा एमालेका सुमन मल्ल, श्रम संस्कृति पार्टीका ओमकार थापामगर र नेपाली कम्युनिष्ट पार्टीका कान्तुराम गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ।
यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का चन्द्रवीर कामी, स्वतन्त्र उम्मेदवार चेतबहादुर वली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारु, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ति पार्टीका ध्रुवराज थारु, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्तीमगर, जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, स्वतन्त्र उम्मेदवारद्वय भगवती शाह र भीमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका भूमि महतरा र राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार उम्मेदवार रहनुभएको छ।साथै, मंगोल नेशनल अर्गनाइजेसनका मनोजकुमार थारु, राष्ट्रिय जनमत पार्टीका मुबारकअली दर्जी, मितेरी पार्टी नेपालका रूपकुमार चन्द, जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादव, स्वतन्त्र उम्मेदवार सूर्यप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका दीपककुमार गौरी मगरले पनि उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी दिनमा उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध र अन्तिम सूची प्रकाशनको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जनाएको छ।

बाँकेका तीन निर्वाचन क्षेत्रमा ६१ उम्मेदवार मैदानमा, मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण

जैविक चौतारीबाट संरक्षणका सवाल, चुनौती र अवसरबारे

बाँकेका तीन निर्वाचन क्षेत्रमा ६१ उम्मेदवार मैदानमा, मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण

एआइ प्रविधिमा नेपाली छलाङ : ‘मिरागो’ योर

Leave a comment

Your email address will not be published. Required fields are marked *