विप्लवका कार्यकर्ताले निर्माण गरे पुल

कालिकोट, २ भदौ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले बाढीले बगाएको पुल बनाएका छन् । जिल्लाको रास्कोट नरपालिका वडा नं. ९ फुगाडमा कच्चि पुल निर्माण गरेका हुन् । गत साउन १३ गते आएको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गएको बेलिबृजसहित झोलुङगे पुल बगाएको थियो । सोही ठाँउमा विप्लवका कार्यकर्ताले कामचलाउ पुल निर्माण गरेका हुन् । बाढीले कर्णाली करिडोर अन्तर्गत रास्कोट नगरपालिका र पचालझरना गाँउपालिका जोड्ने बेलिब्रिज र झोलुङगे पुल बगाएको थियो ।

जसले गर्दा रास्कोट नगरपालिका, पचारभलरना गाँउपालिका, पलाँता गाँउपालिकादेखी बाजुरासम्म जाने स्थानीय नागरिकलाई खोला तर्न समस्या परेको थियो । विप्लवका कार्यकर्ताले पुलबाट बगाएका फलामको डण्डा र आसपासमा ढुंगाको गड बनाई डोरीले अड्काएर कच्चि पुल निर्माण गरिदिएपछि खोला तर्न सहज भएको हो । जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुको जनश्रमदानमा नागरिकको सहजताका लागि पुल निर्माण गरिएको नेकपाले जनाएको छ ।

विप्लवका कार्यकर्ताले निर्माण गरे पुल

साल्डाँडा जीप दुर्घटनामा २ जना घाईते

विप्लवका कार्यकर्ताले निर्माण गरे पुल

कालिकोटका बाढीपीडितलाई पाँच लाख राहत दिने घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds