घुयँत्राे:‘केटाकेटी आए, गुलेली खेलाए’ : चुनावी राजनीति कि बालमैत्री मेला?

हैन ! के सुन्न पर्या हाे के यस्ताे? काँग्रेस नि एमाले जस्ताे कमिनिष्ट पाटिसित चुनाबाँ मिलेर जान पर्ने भएछ त ! नेपालका सबभन्दा ठूला दल मात्रै हाे र गाेडा चालिसेक वर्ष पालाे पालाे गरि सत्ताँ बस्या कुकुर बिरालाजस्ता सँधै एकले अर्काृलाई सिध्याउनकै लागि राजनीति गर्या दलनि चुनाबाँ गठबन्धन गरेर जान पर्ने भएछि अब नेपाली राजनीतियाँ तिनरकाे अस्थित्वनै के रह्याे र ? हैन याे भदाैरे ( जेनजी) आन्दोलनले त बिचराहरलाई नङ्ग्याउनु नङ्ग्याएजस्ताे छ त ! गाेडा दुई ढाई बर्ष जेलाँ थुनेर नि रबिलाई सिध्याउन नसक्या दललाई अदालतले गाेडाएक हप्ता अघि के छाेड्याथ्याे । गाेडाएक साता दलहरुसित वार्तैवार्ता चलाएर बालेन र कुलमानलाई साथाँलेर हिँडन निश्चित भएछि पुराना दललाई सिध्याउन रविले गर्या दलसितकाे चुनाबि गठबन्धनले त देशैभरि झाेलेनै झाेले उत्पादन गर्याछु भन्ने ओलिकाे राजनीतिनि चिलिम छाप्रे बनाइद्याजस्ताेपाे देखियाे त ! भदाैरे आन्दोलन पछि जन्म्या यी फुस्टापाटिसित डराएर एमाले र काँग्रेसकाे राजनीति गराई र उनरले गर्या भष्टाचार हेर्दा त अब एमाले काँग्रेसका नेताहरका दिन गए जस्तो छ । त्यसै त भदौरे आन्दोलनले भष्टाचारीलाईनै नास्ने भन्याछ अनि त यी हिजाेदेखि भष्टाचार गरेर ढाडिएकाहरु एक भएर प्रतिरोध गर्ने पर्यत्न गर्न खाेज्नु पनि उनरका लागि त राम्रै हाेला तर जब जनताकाे ईच्छा विपरित नेताहरु मनपरि गर्दै वान्छन तब ती स्वेच्छाचारिकाे हालत के हुन्छ भन्ने कुरात भारताँ ५० बर्षदेखि शासन चला भारतीय काँग्रेसकाे हालत ऐले कस्ताे छ त्यस्तै त हुने हाेला नेपाली काँग्रेसकाे हालत नि ! काँग्रेसका नेताहरुकाे राजनीति गराई हेर्दा केही वर्ष अघि देखिनै यस्ताे पाराले नत देश बन्छ नत जनता समृद्ध हुन्छन भनेर हाम्ले किटानी गर्दा काँग्रेसका अनसुर्तमका झाेलेहरु हाम्रा कुरा लाउन उछिनाउछिन गर्थे अब त तिन्ले नि आँफ्नै आँखाले देखे हाेलान नि याे दुर्दशा । अँझ चुनाबपछि त झन के के देख्ने हुन के के ! हुनपनि अरु दलमा नयाँ नयाँ , भरसिला र विश्वाशिला मान्छेकाे गठबन्धन हुँदा काँग्रेस एमाल्याँ भष्टाचारी वेबिचारी र दलालहरुकाे मात्रै जमघट हुँदा जनताले कस्ताे मूल्यांकन गर्ने हुन था छैन । काँग्रेस एमालेका भष्टाचारी र घमण्डिअनि रुढिवादि र परिवादि नेताहरुकाे खेलले गर्दा यी पाटिका ईमान्दार र केही गराैँ भन्ने खालका जाेश जाँगर भाका मान्छेहरुनि आज तिनै अपराधिका घानमा पिस्सिनुपर्ने भाे । ५० अाैँ बर्षदेखि जनतालाई अलमल्याएर देशलाई भष्टाचार, बेराेजगारी र अकर्मण्यताकाे जालाेमा बाँधेर सँधैभरि सत्ता सयलमा बाँच्दै आका दललाई जनताले याे पटक साँच्चिकै किनारा लगाई दिए त देशले काँचुलि फेर्न सक्थ्याे कि? तर फेरि जेनजी आन्दोलन र जेनजीहरुकाे हालत जस्तै ऐलेका नयाँ दलहरुकाे हालत पनि भयाे भने भष्टाचारीलाई कार्वाहि गर्ने र त्यसकै आडाँ देशाँ शासन चलाएर सुखसयल गरम्ला भन्नेहरकानि दिन सजिलै आउलान जस्ताे लाग्दैन । त्यसैले याे चुनाबनि के हाे केहाे । केई भ्याउ पाउन सकियन । “केटाकेटी आए गुलेलि खेलाए” मात्रै पाे हुने हाे कि!






