‘लिफ्ट सिँचाइले धाैलापानी गाउँलाई ‘दियो’ जीवन

गाेल्डेन बुढा

जुम्ला,मंसिर ।
जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानी गाउँ कहिल्यै नछोड्ने गरी टाँसिएको एउटा पीडा थियो,“सिँचाइ छैन, खेती हुनै सक्दैन।”नजिकै तिला नदी बग्थ्यो, तर पानी खेतसम्म कहिल्यै आइपुग्दैनथ्यो।किसानका आँखामा सपना थिए, तर माटो सुक्खा थियो।तर अहिले धौलापानीकाे कहानी बदलिएको छ।खोला बगिरहेछ उस्तै, तर खेतमा बग्ने पानी अब बदलिएको छ।कृषकको पिँडुला पोल्ने गाग्री उठाउने बानी अब इतिहास बनेको छ।यो परिवर्तनको नाम हो।धाैलापानी लिफ्ट सिचाइ। झन्डै साढे ७ हेक्टर बाँझो जमिन वर्षौंदेखि वर्षात पर्खेर बसेको थियो।तर, अहिले तिला नदीको पानी लिफ्टमार्फत खेतमा पुगेको छ।स्याउ बगैंचा उम्रिएका छन्,ग्रीनहाउसहरू चम्किएका छन्,।जौ–गहुँ–सिमीका हरिया मुना जमिनभरि देखिन थालेका छन्।धौलापानीका किसानहरू भन्छन्“अब वर्षात हेरेर बस्नुपर्दैन, पानी आफैं खेतमा आउँछ।”मंसिर १ गते (साेमबार) नर्वेजियन राजदूत डाग्नी म्योस र तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले लिफ्ट सिँचाइ उद्घाटन गरे।

अध्यक्ष चौलागाईंले उद्घाटन समारोहमै भने, धौलापानीका किसानका मुटुसँग जाेडिन्छन्“लिफ्ट सिँचाइ तातोपानीको समृद्धिको ढोका हो।” धौलापानी गाउँकी बाटुली सार्की पहिले गाग्री बोकेर खोला-खेत दौडिन्थिन्।अहिले भने बिहानै बगैंचा हेरचाह,ग्रीनहाउसमा बेर्ना उमार्ने,बजारका लागि तरकारी थन्काउने काममा रमाइरहेकी छन्। उनले गर्वका साथ भन्छिन्“अब जीवनले बाटो बदलेको छ, हातमा पानीको अभाव होइन, अवसर आएको छ।”समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्ट भन्छन्“पहिले किसानसँग जमिन थियो, तर पानी थिएन।अब दुबै भेटेपछि सबैको जीवन हरियाली भएको छ।”एक वर्षअघिदेखि नै किसानले निरन्तर यसै पानीबाट खेती गर्दै आएका छन्।३५ घरका १ सय ४५ किसान आज राहत र समृद्धिको अनुभव गरिरहेका छन्।कुल लागत ५७ लाख ६१ हजार २ सय ३२ रुपैयाँ मध्ये नवीकरणीी उर्जा परियोजना ५४ लाख ८ हजार ७ सय ६० रुपैयाँ र जुम्लाको तातोपानी गाउँपालिकाकाे ३ लाख ५२ हजार ४ सय ७१ रुपैयाँ लगानी छ। यूएनडीपी, नेपाल सरकार र नर्वे सरकारको साझेदारी यो लगानीले धौलापानी गाउँमा केवल सिँचाइ बनाएको छैन, भविष्य निर्माण गरेको छ।सुक्खा पाखालाई हरियालीमा परिणत गर्ने,किसानको चाहना मात्र सपना थिए।

आज त्यो सपना वास्तविकता बनेको छ। धौलापानी अब केवल एउटा गाउँ होइन,सिँचाइ पुगेपछि सुख्खा गाउँ- बस्ती कस्ता बन्न सक्छन् भन्ने ‘जीवित मोडेल’ हो।धौलापानीमा अब पानी मात्र बग्दैन्,आशाको धारा बग्छ,,रोजगारीको बाटो खुल्छर समृद्धिकाे गन्ध फैलिन्छ।सिँचाइ वास्तवमाकेवल खेतमा पानी पुर्‍याउने काम होइन्।जीवनका सम्भावना जागाउने शक्ति हो, जसले धौलापानीलाई सुक्खाबाट हरियालीतिर मोडिदिएको छ।

‘लिफ्ट सिँचाइले धाैलापानी गाउँलाई ‘दियो’ जीवन

एनपिएलः बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

‘लिफ्ट सिँचाइले धाैलापानी गाउँलाई ‘दियो’ जीवन

चोत्रागाउँको माथिल्लो भागमा लुकेको एक अनाैठाे सौन्दर्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds