कोहलपुरमा सात दिने निःशुल्क ऊर्जाध्यान शिविर भोलिदेखि सुरु

१३, कार्तिक २०८२
बाँके ।कोहलपुरमा भोलिदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर सुरु हुँदैछ । कोहलपुर नगरपालिकाको आयोजनामा र कोहलपुर जीवनयोग प्रयोगशालाको सहकार्यमा आयोजना गरिएको यो शिविर कार्तिक १९ गतेसम्म कोहलपुर नगरपालिकाको सभाहलमा सञ्चालन हुने भएको हो ।

शिविरमा विभिन्न गुरुदेवहरूले ध्यान, आत्म–परिष्कार र ऊर्जाको वैज्ञानिक अभ्यासका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शुद्धताको सन्देश दिनेछन् । आयोजकका अनुसार जीवन विज्ञानमा आधारित यो शिविरले मानिसहरूमा सकारात्मक सोच, आत्म–शक्ति र जीवन व्यवस्थापन सीप विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार इच्छुक जो कोहीले पनि सहज रूपमा सहभागिता जनाउन सक्नेछन् । उनले शिविरमा प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका छन् ।

 

कोहलपुरमा सात दिने निःशुल्क ऊर्जाध्यान शिविर भोलिदेखि सुरु

जुम्लाका २६ स्कुललाई ६ सय बढी बल

कोहलपुरमा सात दिने निःशुल्क ऊर्जाध्यान शिविर भोलिदेखि सुरु

दैलेखका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds