दैलेख खानेपानीका दुई सव–इन्जिनियर विरुद्ध आरोपपत्र दायर

कृष्णप्रसाद अधिकारी
दैलेख, १६ साउन ।
उपभोक्ता समितिसँग पैसाको बार्गेनिङ गरेको आरोपमा खानेपानीका इन्जिनियरसहित चार कर्मचारी असार १६ गते पक्राउ परेका थिए । आर्थिक वर्ष सकिनै लाग्दा दैलेखमा योजनाको भुक्तानीमा कर्मचारीले योजनाको अनुगमन नगरी कार्यालयबाटै काम गर्ने र उपभोक्ता समितिबाट कमिसन खान लागेको भन्ने सूचनाको आधारमा असार १६ मङ्गलवार उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनीहरु मध्ये सव इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्द उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको छ । जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सान्टडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका सवइन्जिनियर विरेन्द्र चन्दसमेतले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निज सवइन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ३ स्थित सान्तडा खोला तटबन्ध निर्माण योजनाको कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहज गरी दिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव–इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले सेवाग्राहीसँग निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिनु भन्दा अगाडि रु. ३०,०००।– (तीस हजार) घुस/रिसवत माग गरेको र नदिएमा भुक्तानी रोकी दिने भनी भुक्तानी दिने निर्णय भई सक्दा पनि घुस/रिसवत नदिएकोले तयार भएको चेक पनि लुकाई भुक्तानी नदिएको पुष्टि हुन आएकोले निजहरु रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको उद्योगको कसुर गरेकोले निजहरुलाई बिगो रु. ३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेखित भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

दैलेख खानेपानीका दुई सव–इन्जिनियर विरुद्ध आरोपपत्र दायर

YUGAAWHAN NATIONAL DAILY (2077-04-16)

दैलेख खानेपानीका दुई सव–इन्जिनियर विरुद्ध आरोपपत्र दायर

आमा क्यान्सर, बाबा पहिरोले गुमाएपछि …

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds