बजार नपाउँदा घरमै थन्कियो प्याज

हुम्ला, ८ साउन ।

हुम्लामा उत्पादित प्याजले बजार पाउन सकेको छैन । व्यवसायिक रुपमा उत्पादन गरेको प्याज बजारको अभावमा घरमै थन्किएको किसानले गुनासो गरेका छन् । यस वर्षबाट व्यवसायिक रुपमा प्याज खेती गरेको र उत्पादन भएको मध्य पाँच क्वीन्टल प्याज बिक्री नभएको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का किसान शेर बहादुर रावलले बताए ।

यद्यपि अहिलेसम्म दुई लाख रुपैयाँ बराबरको प्याज बिक्री गरेको रावले बताए । बाँकी प्याज बिक्री नहुँदा उनलाई भण्डारणमा समस्या भएको छ । सोही गाउँकी रम्भा उपाध्यायको चार क्वीन्टल प्याज बिक्री भएको छैन । उत्पादन भएको प्याज केही मात्रामा बिक्री भएपनि बाँकी प्याज खेर जाने अवस्थामा पुगेको उनले बताइन् । गाउँबाट सदरमुकाम सिमकोटसम्म दुई घण्टा पैदल हिँडेर बोकेर ल्याएको प्याजको मूल्य घटेर प्रतिकेजी एकसय २० रुपियाँमा झरेपछि किसान चिन्तित बनेका छन् ।

सिजनमा नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आएको प्याज प्रतिकेजी दुईसय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । दुःख गरेर गाउँबाट बिक्री गर्न बोकेर ल्याएको प्याज बिक्री नभएपछि फेरी घर फिर्ता लैजानु पर्ने अवस्था रहेको रावलले गुनासो गरे। रावल र उपाध्यायको मात्रै होइन गाउँका अन्य किसानले उत्पादन गरेको प्याज पनि बिक्रि हुन सकेको छैन । उक्त गाउँमा मात्र चालीस क्वीन्टलभन्दा बढी प्याज बिक्री नभएको स्नोल्याण्ड एकिकृत विकास नेपालका कृषि प्राविधिक जंगबहादुर शाहीले बताए।

बजार नपाउँदा घरमै थन्कियो प्याज

गत वर्ष काम, यो वर्ष भुक्तानी

बजार नपाउँदा घरमै थन्कियो प्याज

स्याउ बगैंचा मासेर सडक विस्तार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds