जुम्लामा निर्वाचन सामग्रीसहित मतपेटिका वितरण

गाेल्डेन बुढा

जुम्ला ,१६ फाल्गुन ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जुम्लामा निर्वाचन सामग्री वितरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। निर्वाचन सञ्चालनका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित मतपेटिका वितरण सुरु गरिएको हो। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा निर्वाचनमा खटिने अन्य कर्मचारीले सम्बन्धित सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार शनिबार सिँजा क्षेत्रका चार गाउँपालिकाबाट मतपेटिका वितरण कार्य सुरु गरिएको थियो। कनकासुन्दरी, सिँजा, हिमा र तिला गाउँपालिकाअन्तर्गतका ५५ मतदान केन्द्रमध्ये ४८ मतदान केन्द्रमा सामग्री वितरण भइसकेको छ। बाँकी ७ मतदान केन्द्रमा आइतबार सामग्री उपलब्ध गराइने उनले बताए।

उनका अनुसार आइतबार तातोपानी, चन्दननाथ नगरपालिका, गुठिचौर र पातारासी गाउँपालिकाअन्तर्गतका ५५ मतदान केन्द्रका लागि पनि मतपेटिका वितरण गरिनेछ। मतपत्रसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाबाट आइतबार नै ८ वटै स्थानीय तहमा वितरण गरिने तयारी गरिएको छ।२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मतदातालाई समेट्दा जुम्ला जिल्लाको कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ पुगेको छ। तीमध्ये ३७ हजार ४ सय ५९ जना पुरुष र ३४ हजार २ सय ८० जना महिला रहेका छन्। यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। हालको तथ्यांकसँग तुलना गर्दा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएको देखिन्छ। नयाँ मतदातामध्ये १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला रहेका छन्।निर्वाचन व्यवस्थापनका लागि जिल्लाभर ८५ वटा मतदानस्थल तथा दुई अस्थायीसहित कुल १ सय १० मतदान केन्द्र तोकिएका छन्। मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन ६ सय ४८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।निर्वाचनका लागि जुम्लामा प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र ल्याइएको छ। साथै निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी २ सय २० जनालाई लक्षित गरी शुक्रबार एकदिने प्रशिक्षण तालिमसमेत सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी कंडेलले जानकारी दिए।तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको काम, कर्तव्य र अधिकारका विषयमा विस्तृत जानकारी दिइएको थियो। शान्ति सुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहित निर्वाचन प्रक्रियाका संवेदनशील पक्षमा समेत प्रशिक्षण दिइएको जनाइएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।सुरक्षाका लागि जिल्लामा ८ सय ७४ जना निर्वाचन प्रहरी, १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ४ सय जना शस्त्र प्रहरी बल नेपाल र ९५ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ। साथै नेपाली सेनासमेत खटाइएको छ।

जुम्लामा निर्वाचन सामग्रीसहित मतपेटिका वितरण

हिमाली दुई जिल्लामा हेलिकप्टरमा पुगे मतपेटिका

जुम्लामा निर्वाचन सामग्रीसहित मतपेटिका वितरण

अधुरा योजना पूरा गर्ने प्रतिबद्धता : सूर्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds