हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला, १४ माघ ।
शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो ।
कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।
हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरू बीच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *