घुयँत्राे:“चार चोटि प्रवेश, पाँचौंको तयारी: तर्कबहादुरको एमाले यात्रामा ‘रिकर्ड ब्रेक’!”

राजनीतियाँ दैलेखेहरलाई जित्न ऐलेसम्म कसैले सक्या छैन ।खासगरि ठकुरीहरुकाे रासाेबासाे रहेकाे दैलेखाँ पन्चायतकालाँ राजनीतियाँ रजगज ठकुरीहरकै थियाे । त्यसैले उनिहरुका विषयाँ कसैले अलिकति कसैले उछिनेर कुरा गर्याेकि जाई लागि हाल्ने बानीका कारण अञ्चलाधिसजस्ताे पन्चायतकाे खुँखार नेताकम प्रशासकलाईनि ढुङ्गा मुढा गरेर लखेटेर चुप्रा कटाका हुन भन्ने सुनिन्थ्याे भने माओवादिहरले १० बर्ष माओवादि युध्द चलायँदै दैलेखलाई सेल्टर बनाएर बसीरहेका बेला उनहरुले गरेकाे ज्यादतिले पराकाष्ठा नाघेछि माओवादिहरुलाई लखेटेर दुल्लु कटाएछि माओवादिहरु दैलेख भनेछि त्यसै थर्थरी काम्ने गर्थे । आफ्नाे आधार ईलाकाकै नाममा माओवादिहरुले दैलेखि गाउँबस्तीलाई त्रसित मात्रै बनाएननकि दैलेखकाे ताेलिमा माओवादिहरुले वितण्डै मच्चाए भने दैलेखकाे पत्रकार डेकेन्द थापालाई अपहरण गरेर समेत मारे । यस्ता मान्छेका अगाडि कत्तिपनि नडराएर ” हटिहैन डटि लडने नेपालिकाे बानि हुन्छ ” भन्ने खालका नेता दैलेखाँ भएछि षाैटै पाटियाँ चारचारचाेटा बाहिर भित्र गर्नु भन्या तउनरका लागि सामान्यै कुरा हाेलानि हैन । नामै तर्क त्यसाँनि शाहि ठकुरी भएछि याैटै पाटियाँ ४/४ पटक पटक प्रवेश गरेर दुनियाँका लागि उनी हाँसाेकापात्र भएनि आँफुले आँफुलाई त बहादुरै सम्झ्या हाेलाननि । त्यसँनि कर्नालिकाे मुख्यमन्त्रीजस्ताे मान्छ्या हाताट एमाले प्रवेश गर्न पाउनु भन्या त उनी( तर्कबहादुर शाहि) र एमाले दुबैका लागि गाैरवकै विषय हाेलानि हैन र? बिचरा शाहिजीका साथा जनता जनार्दन भन्ने काेहि जिनिस आफ्नो संङसाथाँ नभएनि आफ्नि अर्धाङ्गीनि जस्ताे सँधैभरि दुखसुखमा संङसाथमै बस्ने नारीलाई समेत अघि लाएर एमाल्याँ प्रवेश गर्न पाउनु भन्या त तर्क बहादुर शाहिजीकाे लागि त भाग्यकै कुराे भयाे नि यस्ताे अबसर अरुले सितिमिति कहाँ जुटाउन पाउँछन् । भाग्यमै लेखेर लेर आ हुनाले त पत्रपत्रिकाकाेनप सम्चार बने शाहिजीका जाेडि अरु कसैकाे सम्चार बन्याछ यसरी छैनन नि । देशभर एमनल्याँ कति प्रवेश गर्याछन कति यसरी तर्क बहादुर शाहिजी जस्ताे समाचार काे बन्याछ ? उनका हातैमा विधाताले रेखै काेर्द्या हाेलान ” तँ बाँचुन्जेल अनेकन पटक एमाल्याँ प्रवेश गर्नेछस ” भन्ने बर्दाननै पाकाे हुन सक्छ उनले त्यसैले अरु देशाँ भाका कमिनिष्ट पाटि चाहार्दै एमाल्याँ छिर्दै गर्ने राेल लाएछि जीवनमा यीनित कतिपटक पाटियाँ छिर्छन र कतिपटक निस्कन्छन यसकाे त हिसाबै लाएर बस्नु पर्ने भाे । यति पटक पाटियाँ ओहाेरदाेहाेर गर्दा तर्कबहादुरजीले त लाज शरम मानेन मानेन ,याे कुरा सुनेर हाम्रा मुख्य मन्त्रिले कसरी हाँसाे खटाएर लाज पचाएर ती मान्छे लाई टीका खादा लाईदे हाेलान के मलाई अचम्मत त्याे पाे लायाे के ? आखिर त्यस्ताे जनाधार नभा मान्छेलाई नि पाटियाँ भित्र्याउन कस्ताे रहर गर्या हाे दैलेखकाे एमाले पाटिले । कि त यीनै तर्क बहादुर शाहि एमाल्याँ नआईकन दैलेखका एमनलेहरले चुनाबै नजित्ने भएर चुनाब जित्नैका लागि पाटि प्रवेश गराहाे भनेत ठिकै हाे अन्यथा त दैले ख एमाले र हाम्राे मुख्य मन्त्रीकाे नि सारै ह्याल्ह्याल्भाे है । नेता भएर सबै कुरा गर्नु तर यस्ताे जातिवित्ति लाजै हुने काम त नगर्नु के ! यस्तै राजनीति र चुनाबका नाममा गरिएका हर्कत र दलका ज्यादतिका कारण त जेनजीले नि त्याे वितण्डा मच्चा हुन के ! अँझै पनि हाम्ले बानी नसुधार्ने र आफ्नै कार्यकर्ताकाे अपमान हुनेगरि हँसीका यात्रहरलाई पाटियाँ भित्र्याई रहने हाे भने पुराना कार्यकर्ताले नि के भन्लान ? त्यसैले मुख्यमन्त्री ज्यु अति गर्नुस तर अत्याचार नगर्नुस । हिजाेसम्म काँग्रेसका कार्यकर्तालाई रक्सीकाे जर्किनाँ बिक्छन भनेर भाषण गरेर सामाजिक सन्जाल तताउने नेताले आज आफ्नै वेजेत हुनेगरि सामाजिक सन्जाल तात्या कत्तिकाे हेर्नू भाे । याैटै मान्छेलाई चारचारचाेटि पाटियाँ भित्र्याउने राजनीति नि के गर्नु भा हाेला भनेर कसैले साेध्याे भने विचरा मुख्यमन्त्री ज्युसित जवाफै छैन हाेला हैन र ?

घुयँत्राे:“चार चोटि प्रवेश, पाँचौंको तयारी: तर्कबहादुरको एमाले यात्रामा ‘रिकर्ड ब्रेक’!”

सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds