सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

काली बहादुर परियार

जुम्ला,१५ फाल्गुन ।

सिँजा गाउँपालिकामा निर्माणाधीन भवनबाट खसेर एक कामदारको ज्यान गएको छ । बुधबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनापछि सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा हिमा गाउँपालिका–५ को भुगाओल पाटा क्षेत्रमा उनको निधन भएको बताइएको छ।

उद्धारका क्रममा शाहीको टाउकोमा गम्भीर चोट लागेको तथा हात–खुट्टा भाँचिएको अवस्थामा फेला पारिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

अझै प्रश्न आउन छाडेको छैन–मतदाता सूचीमा नाम

सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds