लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रेम बुढा पक्राउ

काली बहादुर परियार

जुम्ला,१५ फाल्गुन।

जुम्लामा लागुऔषध (ब्राउन सुगर) मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जुम्ला प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा जारी प्रेस–विज्ञप्ति अनुसार फागुन १३ गते अपराह्न ४ः२० बजे फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक ( डिएसपी रबिन बाबू रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा संलग्न भई अदालतको फैसला पश्चात फरार रहेका चन्दननाथ नगरपालिका वडा नम्बर १० का प्रेम बुढा लाई खोज तलास गर्दा पक्राउ गरिएको रेग्मीले बताए ।

उनले भने, बढा लाई पक्राउ अभियानका क्रममा फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले विभिन्न स्थानमा निगरानी तथा अनुसन्धान तीव्र बनाए पछि नियन्त्रणमा लिन सफल भएको डिएसपी रेग्मीले जानकारी दिए ।

उक्त मुद्दामा जिल्ला अदालत जुम्लाले बुढा लाई ५ वर्ष ५ महिना १६ दिन कैद सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहँदै आएका बुढा लाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत जुम्ला पठाइएको प्रहरीले रेग्मीकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रेग्मीका अनुसार, फरार प्रतिवादी बुढा लाई पक्राउ गर्न अभियान जारी रहेको बताए। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन र कानुनी शासन कायम गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ ।

प्रहरीले समुदायलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न तथा आपराधिक गतिविधिबारे सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रेम बुढा पक्राउ

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो ः

लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रेम बुढा पक्राउ

खेल पूर्वाधार र खेलाडी प्रोत्साहनमा विशेष योजना:

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds