दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सुर्खेत, १३ माघ । 

सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।  घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

जेटयुसिसि कर्णालीको नेतृत्व हस्तान्तरण

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

Leave a comment

Your email address will not be published. Required fields are marked *