धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो ः मतदाताको सम्मानले उत्साहित

बाँके ,१४ फाल्गुन ।
जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले आज नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१ धम्बोझी–खजुरा रोड क्षेत्र घरदैलो गरेका छन् ।

राई मतदाताको घरमा पुग्दा स्थानीयबासीले उत्साहपूर्ण तरिकाले स्वागत गरे । राईले मतदाताको साथले झनै आत्मविश्वास बढेको बताउँदै भने, “मतदाताबाट पाएको यस्तो माया र सम्मानले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।” उनले विशेष गरी युवालाई लक्षित रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवद्र्धन, र आधारभूत पूर्वाधार सुदृढीकरणमा जोड दिने बताए।

“यो क्षेत्रको समग्र विकास बिना स्थानीयको जीवनस्तर उकास्न सकिँदैन। त्यसैले विकासलाई मेरो पहिलो प्राथमिकता हुनेछ,” राईले स्पष्ट पारे । यसरी, चुनाव नजिकिँदै जाँदा नेपालगन्जका गल्ली–टोलमा उम्मेदवार र मतदाताबीचको प्रत्यक्ष संवादले छाता चुनावप्रति जनलहर बढेको अनुभूति गर्न सकिन्थ्यो ।







