कर्णालीको विकास गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

१४, फाल्गुन २०८२
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि संविधानको संशोधन जरुरी भएको बताएका छन् । कर्णालीको विकास अरु प्रदेशको जस्तो सजिलो नभएको भन्दै उनले संविधान र कानून परिवर्तनले मात्र कर्णालीको आम्दानी बढाएर विकास गर्न सकिने बताए ।
बिहीबार सुर्खेतमा आयोजित आमसभामा बोल्दै सभापति थापाले विकासका सपना बाड्न सहज भए पनि कार्यान्वयन गर्न कठिन भएको बताए । कर्णालीको विकासका लागि प्रदेश सरकारलाई बलियो बनाउनु पर्ने थापाको भनाइ छ ।

सपना देखाउन सजिलो भए पनि काम गर्न सहज नभएको थापाले बताए । ‘कर्णालीको बिकासका लागि थुप्रै सपनाहरु देखाउन सकिन्छ’ उनले भने, ‘हामीले जित्यौ भने कायापलट गरिदिन्छौ पनि भन्न सकिएला । तर, बिकास भन्नेकुरा चटकका भरमा हुने होइन् ।’ कर्णालीमा विकासका थुप्रै सम्भावनाहरु भए पनि सम्भावनाको खोजीगरी उपयुक्त योजना र कार्यान्वयनको खाँचो भएको उनले बताए ।
‘कर्णालीमा यार्सागुम्बा छ, जुम्लाको स्याउ र मार्सी चामल, पर्यटनको धनी र जडिबुटी र जलस्रोत अथाह छ भनेर हुँदैन’ उनले भने, ‘यि सबै कुराको सदुपयोग गर्ने सपना, योजना र सोच हुनु पर्दछ ।’ २०८२ देखि २०८७ सम्मको पाँच वर्ष कांग्रेसलाई दिन उनले मतदातालाई आग्रह गरे ।
‘अबको पाँच बर्ष मात्र हामीलाई दिनुस् । हामीले कांग्रेस बदल्यौ, बदलिएको कांग्रेसले मुलुकलाई बदल्ने संकल्प गरेकनो छ ।’ उनले भने । माओवादी द्वन्द्वमा जनता मारिँदा नक्कली शरणार्थी भएर विदेश बसेकाहरुले अहिले पाँच वर्षमा कायापलट गर्छु भनेर चटक गरेको थापाले आरोप लगाए । ‘पाँच वर्षको कार्यकालमा मेरो घरकै परिवारको सदस्य भए पनि कार्वाहीको दायरामा ल्याइनेछ’ उनले भने ।
एकले अर्कोलाई गाली गरेर विकास गर्न नसकिने भन्दै सबै राजनीतिक शक्तिहरुलाई आगामी पाँच वर्षमा बनाउने मुलुकको मार्गचित्रसहित बहसमा आउन चुनौती दिए । अबको पाँच वर्ष जनताले बहुमत दिए प्रश्न गर्ने ठाउँ नदिने उनले बताए ।
थापाले अबको निर्वाचनमा गाली होइन, योजनामा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

कर्णालीको विकास गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

विचार :  निर्वाचन प्रणाली सुधारका लागि बहसको

कर्णालीको विकास गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

मुगुमा निर्वाचन सुरक्षा : सेनाको घोडा गस्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds