गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौं ,१२ माघ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ । त्यसक्रममा मन्त्री अर्यालले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।
राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।






