अफगानिस्तानको गोलीबारीमा पाकिस्तानको प्रतिक्रिया : स्रोत

इस्लामाबाद, १३फागुन (रासस/सिन्ह्वा) ।
पाकिस्तानले मङ्गलबार पाकिस्तान–अफगानिस्तान सीमामा अफगानिस्तानको गोलीबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताउनु भएको छ ।
अफगान पक्षले पाकिस्तानको उत्तर– पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान–अफगानिस्तान सीमामा विना कारण गोलीबारी सुरु गरेको प्रवक्ताले बताउनु भएको छ ।
उहाँले पाकिस्तानको सुरक्षा बलले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएको बताउदै देशले आफ्ना नागरिकहरूको रक्षा गर्न र आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न जारी राख्ने उल्लेख गर्नु भएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयका उप प्रवक्ता सेदिकुल्लाह नुसरतलाई उदृत गर्दै सिन्हुवाले पाकिस्तानी सेनाले यस क्षेत्रमा नियमित गस्ती गरिरहेका अफगान कर्मचारीहरू माथि गोली चलाउँदा झडप भएको बताउनु भएको छ ।
यस अघि अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानले आइतबार पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताउनु भएको थियो ।
अफगान पक्षले पाकिस्तानी सेनाले आइतबार द्विपक्षीय सीमा क्षेत्रमा हवाई आक्रमण गरी १८ जनाको ज्यान गएको र अन्य पाँच जना घाइते भएको बताएको छ ।
पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा सात आतङ्कवादी शिविर र लुकेका स्थानहरूमा गुप्तचरमा आधारित, लक्षित आक्रमण गरेको थियो भने श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट पछि ८० जना भन्दा बढी आतङ्ककारीहरू मारिएका थिए






