घुयँत्राे: “सहकारी काण्ड भाइरल, कार्यकर्ता आर्थिक रूपमा ‘फाइनल’ !”

हैन ! जतिजति चुनाब नजिकिँदैछ त्यतित्यति रास्वपा नेता कार्यकर्ताहरु नेताहरुसित असन्तुष्टि पाेख्दै पाटि छाेडदै हिँड्याछन त क्या हाे ! कतै पाटिभित्र लाष्टाँ रवि र बालेन ताेषिमा र शाभिता मात्रै रहने त हैनन । हैन रबिकाे पाटिले के के नै आकाशका तारै झार्छ झैँ एमाले र काँग्रेसका नेता कार्यकर्ता बुर्कुसी मार्दै गावैँ थर्किने गरि घण्टी हल्लाएर रास्वपाँ छिर्याहरु ऐले के नभएर आआफ्नो दुलाँ फर्के त्यकाे रहस्य त था छैन तर, कतिपयहरु नयाँ पाटियाँ गएर यसाे एकदुई मैना सुतिसुति खाने पैशा रबिले दिई शाल्छन कि भनेर गा हुँदा हुन अब भाेट हाल्ने दिन नजिक आउँदानि रुपियाँकाे त कुरै छाेडाैँ रबिकाे हाताट उपियाँ पनि नझर्ने भएझि दिनकै पाटि छाेडनेकाे लर्कै लाग्याछ भन्या । त्यत्राे सहकारी काण्डाँ भाईरल भएर हरेक अदालताँ रुपियाँ धराैटि राख्दै छुटदै गर्या देख्या मान्छेले रबि जेलाट बाईर आएर निस्फिक्रि पाटि चलाएर उमेदवार समेत भएर अब स्वतन्त्र पाटिले नै चुनाब जित्छ यसकाे विकल्पै छैनन भनेर सामाजिक सञ्जालजतप कव्जा गरेर घढ्टिकाे पक्षाँ डङ्का पिटाएछि त्यै सामाजिक सन्जाल र रबिका चालढाल हेरेर यै हाे माैका हाम्राे राेजगारीकाे कम्पनपनै यै यसकै पछि लाएछि रुपियाँ जैरेकाे चिन्तै हुन्न भनेर खर्चकाे जाेहाे गर्न हिँड्या कार्यकर्ताजति रास्वपा छाेडदै नपस्किँदै गरेछि बालेन प्रधानमन्त्री हाेलान त ! खै मैले त राम्रो लक्ष्यण देखिनहै । रास्वपाकाे आर्थिक विभाग सम्हाल्नेहरु काे छाै बालेन र रबिकाँ सम्चार पुर्याई हालाे है । नत्र पछि पछुताउनु पर्ला । अब रबिजी जेल मुक्त भै हाल्नु भाे सहकारीबाट निकाल्या भन्ने पैशा बचत कर्ताहरलाई दिनु नपर्ने हाेला क्यारे । बचत कर्ताहरलेनि रबिका लागि हामी पैसै लिन्नम चुनाब खर्भ भाे भनेकै छन । त्यसैले कार्यकर्ता माग पूरा गर्दे भैगाे नि मान्छेले ह्वाँ चुनाब जित्नालागि साम दाम दण्ड भेद सबै नीति अख्तियार गर्नु पर्छ भन्छन त चुनाब जित्नालागि जल्ले जे चाहन्छन् त्यै त गर्नु पर्याे त ! आखिर चुनाब जितियाे भने सुख्खा चुनाब जिताई पनि हैन त ! सिधै प्रधानमन्त्री हुने घाेषणा गरेर चुनाबाँ उठ्या पाटिले पनि के काे डर मान्नु पर्याे ।
अब धेरै छैन सातै दिनकाे कुराे हाे पाटि छाेडेका र छाेडन खाेज्ने नन्दि भृङ्गीहरलाई ल आओ तिमरकाे माग पूरा गर्दिन्छु भनेर सात्तै दिनका लागि खाईखेल्ने रकम छुट्याएर बाँकी सातदिन पछि भन्दे त त्यसै लाईनाँ आईहाल्छन । विचराहरु आशपनि कसरी नगरुन के देशले राेजगारी दिन सक्दैन । पुराना दलहरु जेनजीकाे धकलपकलले त्यसै डराछन । जेनजी र नयाँ पाटि भन्या यै घण्टी हाे अनि रुपियाँ पैशा भन्ने चिजनि यै रवि भन्ने सपत छ अरुका पछि लाएर २/४ साता मस्ति काटने पैशा उठाउन सकिन्न भनेर पछि ला कार्यकर्ता चुनाब सक्किनै लाग्दासम्म साेच्याजस्ताे पैशा पाउन र खेलाउन नपाएछि पाटि छाेडिम भनेर वक्तव्य निकाल्नुबाहेक अरु उपाएनै केई थेन त उनरुनि कृ गरून् तनि ! तर, केईछैन चिन्ता नगरम् ती पाटि छाेडिम भन्ने जतिलाई बाेलाएर मान्छे हेरि १० हजारदेखि गाेडा सयक हजारसम्मले हान्दिनुस त ती ठाउँकाे ठाउँ ठहरै हुन्छन । आखिर याे चुनाबाँ रास्वपासितजति पैशा अरु काेसित छ र ? मान्छेले भन्छन नि ” चाइँदाँ हिरा फाेर्नु नचाइँदाँ माटा डल्लाेनि नफाेर्नु ” बुढाबुढिले याे उखान त्यसै बना हैनन के ! अघिपछि कमाएर राख्न्ने अनि यस्तै बेलाँ धनसम्पति खर्च गरेर त्यसकाे सदुपयाेग गर्ने भन्या हाे के ! त्यसैले कुरा बुझम् ।






