पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा

इंग्ल्याण्डले मंगलबार समूह–२ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी ब्रुकले विजयी शतक प्रहार गर्दै आफ्नो टोलीलाई अन्तिम चारमा पुर्याए ।
श्रीलंकाको पल्लेकेलेमा खेलिएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा इंग्ल्याण्डले अन्तिम ओभरमा लक्ष्य हासिल गर्यो । शाहीन अफ्रिदीले खेलमा चार विकेट लिएका थिए ।






