लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

दाङ ,१० माघ।

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुखको निर्देशानुसार बैठकको समय निर्धारण गरिएको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा हालसम्म दर्ता भएका दुईवटा विधेयकमाथि छलफल हुने सम्भावना छ । कार्य व्यवस्था परामर्श समितिले निर्धारण गरेको कार्यसूचीअनुसार बैठक सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि बैठकसम्बन्धी सूचना समेत प्रकाशन गरिएको सचिव पुनले बताउनुभयो । अधिवेशनका क्रममा महत्वपूर्ण विधेयकहरूमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

सुर्खेतमा ३२ जना जेनजी युवाहरु एमालेमा प्रवेश

लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

हिउँसँगै फर्कियो भरोसा

Leave a comment

Your email address will not be published. Required fields are marked *