राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव कालिकोटमा भव्य रूपमा सम्पन्न ,७ जना सेवाग्राही सम्मानित

कालिकाेट,१० माघ।
राष्ट्रिय वाणिज्य बैंकले देशभर माघ १० गते आफ्नो ६१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ। सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंक शाखा मान्म (४१२) ले पनि कालिकोटमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
वार्षिकोत्सव कार्यक्रममा शाखा कार्यालय मान्मले आफ्ना ग्राहकहरूमध्ये बैंकमा सबैभन्दा बढी आउने, नियमित रूपमा सेवा लिने तथा कारोबार उत्कृष्ट गर्ने व्यवसायी तथा अन्य ग्राहकहरूमध्येबाट ७ जनालाई सम्मान गरेको छ।

सम्मानित ग्राहकहरूलाई सम्मान पत्र प्रदान गर्दै बैंकप्रति देखाएको विश्वास र सहकार्यप्रति धन्यवाद व्यक्त गरिएको छ ।
कार्यक्रमका अवसरमा शाखा प्रबन्धक लक्ष्मण रायले बैंक र ग्राहकबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताए। उनले बैंकको सेवाप्रति ग्राहकहरूको विश्वास नै बैंकको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गरे।
त्यसैगरी, वार्षिकोत्सवको अवसरमा बैंकमा कार्यरत कर्मचारीहरूलाई पनि मायाको चिनो प्रदान गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा उपस्थित सबैलाई बैंकका कर्मचारी निशा कंडेलले स्वागत मन्तव्य राखेकी थिइन्। उनले बैंक र ग्राहकबीचको आत्मीय सम्बन्ध, सेवाको निरन्तर सुधार र सहकार्यको महत्वबारे प्रकाश पारिन्।

कार्यक्रममा बैंकका कर्मचारी रमेश खड्काले प्रेरणादायी भनाइ राख्दै भने, “राष्ट्रिय वाणिज्य बैंक केवल कारोबार गर्ने संस्था मात्र होइन, यो आम नागरिकको भरोसाको केन्द्र हो। कालिकोटजस्तो दुर्गम जिल्लामा ५० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा दिनु हाम्रो लागि गर्वको विषय हो। ग्राहकको विश्वास जोगाउनु नै हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो।”

त्यसैगरी, कार्यक्रममा बोल्दै सेवाग्राही डिल्ली प्रसाद चौलागाईंले राष्ट्रिय वाणिज्य बैंक शाखा मान्मले कालिकोटका नागरिकलाई सहज, विश्वासिलो र समयमै सेवा दिँदै आएको बताए। उनले भने,
“दुर्गम जिल्लामा पनि राष्ट्रिय वाणिज्य बैंकले आधुनिक बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराएको छ। कर्मचारीहरूको व्यवहार, सेवा प्रवाहको निरन्तरता र विश्वासयोग्य प्रणालीका कारण हामी जस्ता सेवाग्राहीहरू निश्चिन्त छौँ।”

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख लक्ष्मण रायले राष्ट्रिय वाणिज्य बैंकको सफलता सेवाग्राहीको विश्वास र कर्मचारीको समर्पणकै कारण सम्भव भएको बताए। उनले भने, “५० हजारभन्दा बढी सेवाग्राहीको भरोसाले हामीलाई थप जिम्मेवार बनाएको छ। बैंकले दुर्गम जिल्लामा पनि सुरक्षित, पारदर्शी र आधुनिक बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको छ। आगामी दिनमा सेवाको दायरा अझ विस्तार गर्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नेछौँ।”
कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शाखा कार्यालय मान्मबाट हाल ५० हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष बैंकिङ सेवा लिइरहेका छन्, जसले जिल्लामा बैंकको पहुँच र विश्वासलाई झल्काउने शाखाले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव कालिकोटमा भव्य रूपमा सम्पन्न ,७ जना सेवाग्राही सम्मानित

दाबी ठुलाे जित शुन्य: एमाले

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव कालिकोटमा भव्य रूपमा सम्पन्न ,७ जना सेवाग्राही सम्मानित

सुर्खेतमा ३२ जना जेनजी युवाहरु एमालेमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *