हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, फसेका गाडी र यात्रुको उद्धार हुँदै

रुकुम (पूर्व) ,१० माघ।
रुकुम (पूर्व)मा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए । अहिले पनि हिमपात भइरहेको उनले बताए ।।

फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, फसेका गाडी र यात्रुको उद्धार हुँदै

हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, फसेका गाडी र यात्रुको उद्धार हुँदै

दाबी ठुलाे जित शुन्य: एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *