धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

काठमाडौं,११ फाल्गुन ।
धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ ।
गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयाे  ।

प्राप्त विवरणका अनुसार १७ जनाको शव घटना स्थलमा नै मृत्यु भएको हो  भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ । घाइते तथा मृतकको सनाखत हुन बांकी छ ।दुर्घटनाको कारण खुलेको छैन ।

धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित

धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

सम्पादकीय :  नागरिक मतदानबाट बञ्चित नहुन् !

Leave a comment

Your email address will not be published. Required fields are marked *