पलाँता सरकार बनाउने कमान्डर सहित ३२५ जना एमाले मा समाहित

हस्त चाैलागाँइ
कालिकोट ,१० फाल्गुन ।
पलाता सरकार बनाउनमा महत्त्वपूर्ण भुमिकाका रहेका बलियाे नेताहरू नेकपा एमालेमा समाहित भएका छन ।
आईतवार पलाताका गाउँ पालिकामा नेकपा एमाले काे चुनावी सभामा एक कार्यक्रमका बिच उनिहरूलाई एमालेमा स्वागत गरिएको हाे ।

नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य अर्जुन बम, नेपाली कम्युनिस्ट पाटीका प्रदेश कमिटी सदस्य नवराज सिंह , नवराज वुढा, कुशराज प्याकुरेल लगायत गरि ३ सय २५ जनालाई एमाले कालिकोटका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द शाहीले फुलमाला सहित स्वागत गरेका छन ।
पलाता सरकार बनाउन महत्त्वपूर्ण भुमिकामा रहेका अर्जुन , बम, नवराज वुढा, नवराज सिंह बलियाे नेताका रूपमा रहेका थिए । पलाती जनताकाे हित बिपरित काम गरि पलाताकाे बिकास निर्माणमा काम नगरेकाे भन्दै आफुहरू पलाता बनाउन नेकपा एमालेमा समाहित भएकाे बताएका छन ।





