घुयँत्राे:“चुनाव गरौं कि घरमै गरौं बयान? लोकतन्त्रको डोरि कसको हातमा!”

 

पैला पैला ओलि बाले चुनाबै हुन्न, हुन दिन्न र हामी चुनाबाँ भागलिन्नम भनेर थर्काए । त्यै थर्काएकाे कारणले जेनजी आन्दोलनका बेला भएकाे काण्ड छानबिन गर्न गठन भा कार्कि आयाेगलेनि ओलिकाे बयान घरै गएर लियाे । विचरा प्रधानमन्त्री सुशिला कार्कि डराएर त हाेला कतै साँच्चिकै एमालेले चुनाबाँ भागलिन मानेन भने अरु दलनि तयार हुन्नन कि ? चुनाबै हुन्न कि, एमालेहरले चुनाब विथाेल्न थाले भने कसरी चुनाब गराउन सकुँला चुनाबै भएनभने असफल प्रधानमन्त्रीकाे पगरी गुथेर कति दिन र कसरी बाँचुला भनेर डराएर त हाेला विचरा प्रधानमन्त्रीले ओलिलाई खुशि पार्नालागि भएनि आयाेगका अध्यक्षलाई ओलिलाई साेध्ने प्रश्न बाेकेर घरै गएर भएनि बयान लेउ भनेछि कार्किले नि त्यसैगरि ओलिकाे बयान लिईछाेडे । त्यसपछि अब चुनाब गराउन सक्छु भन्नेलहाैसला बाेकेकि प्रधानमन्त्री लाई ऐले फेरि चुनाब बिथाेल्ने झस्का दिईराछन । भरखरै दाङमा सम्पन्न भाकाे रास्वपाकाे चुनावि सभापछि एमाल्या कार्यकर्ताहरले घण्टीकाे अफिस जलाईदेछि दाङतिर एमालेहरकाे दाैडादाैड भाछ भने राैतहटाँ धार्मिक संस्थाँ धावा बाेलेछि दुई पक्ष लडेर कर्फ्यु नै लाउनु पर्याछ । तराईमा हाेलिमा त्यसै त अनेक निहु बनाएर दुईसम्प्रदायवीच हात हालाहाल र मान्छे पिटने मार्नेसम्मका घटना हुन्छन भने याे चुनाबकाे मुख्खैमा आकाे हाेलिमा झन कति दङ्गाफसाद हुने हाे र समाज कति अशान्त हुनेहाे ।अशान्तिका संकेत देखियरैत हाेला जिल्ला प्रशासनलेनि कर्फुजारी गर्याछ ।

जताततैबाट चुनाब हुने माहाेल बन्दै आ बेलाँ राजाले राजनीतिक समस्या समाधान नगरि चुनाबै गर्नु हुन्भनेर जनताका नामाँ सम्बाेधन गर्नु अनि त्यसकाे लगतै राैतहटाँ दङ्गाफसाद हुनु अनि फेरि दाङमा झन्डा पाेलापाेल हुनु यस्ता घटनाले २१ गतेसम्म के हुने हाे के भन्नै गाह्राे भाे। चुनाबका लागि भनेर देशकाे सम्पूर्ण ढुकुटि खर्चेर पनि सक्नु अनि ठिक्क मतदान गर्ने दिनाँ मतदान नहुनेलअबस्था आयो भने देशकाे हालत के हाेला ? देशका आधाउधि ढुकुटि जेनजी आन्दोलनका नामाँ डढाएर सक्याछन अनि बाँकी ताँकिनि चुनाबका नाममा चुनाबै गर्न नपाएर सके भने देश र जनताकाे के हालत हुन्छ अनि बल्ल था पाउलान ती देश डढाल्नेहरुले नि ! विगतमा देशमा हुने चुनाबमा अशान्त र त्रास कैल्यै सृजना भएन । चुनाब ताेकिएछि चुनाब नहुने कुरा कैल्यै उठेनन तर यसपटक जब नयाँ नयाँ दलहरु जन्मिएर आफ्नो पाटिकाे विचार र सिध्दान्तले मतदाताकाे मन जितेर चुनाब जित्ने भन्दा नि उत्सृङ्खलता,दङ्गाफसाद र बदलाकाे भावनामा चुनाबलाई ताैलिएछि याे पटककाे चुनाब हुने र नहुनेमा ससंकित बनेकाे हाे । तर चुनाबकाे आचार संहियता र दलीय मर्यादा र कानुन विपरित जाे जान्छ त्यसलाई नयाँदल पुरानाेदल, आफ्नो बिरानाे नभनिकन तत्काल कानुनी कार्वाहि गर्न सकियाे र अपराधिहरुलाई तहलाउन सकियाे भने चुनाबका विरुद्ध जतिसुकै भ्रम फैलायनि चुनाब निस्पक्षरुपमा सफल गर्न सकिन्छ हैन भने चुनाब नहाेस भन्नेहरुकै भनेजस्तो हुनेछ र देश नराम्रै फडखालाँ जाकिनेछ र त्यसलाई उतार्न जतिसुकै गाेहिकै आँसु चुहाएनि सकिनेछैन । दलहरुमा चेतना भया !

घुयँत्राे:“चुनाव गरौं कि घरमै गरौं बयान? लोकतन्त्रको डोरि कसको हातमा!”

टी–२० विश्वकपमा आज सुपर–८ का दुई खेल

घुयँत्राे:“चुनाव गरौं कि घरमै गरौं बयान? लोकतन्त्रको डोरि कसको हातमा!”

पलाँता सरकार बनाउने कमान्डर सहित ३२५ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *