आठौँ उपमेयर छात्रा कप : भोलीदेखि सेमिफाइनलका खेल हुने

कोहलपुर ,८ माघ।
जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल हुने भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रबार फाइनल प्रवेशका लागि दुई वटा खेल हुने भएका हुन् ।
प्रतियोगिता अन्तर्गत समूह चरण र क्वाटर फाइनल समीकरणका खेल जित्दै त्रिभुवन माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, शिक्षा शिक्षा माध्यमिक विद्यालय र सगरमाथा माध्यमिक विद्यालय सेमिफाइन प्रवेश गरिसकेका छन् । खेल संयोजक मदन विकले प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा खेल हुने जानकारी दिए । उनका अनुसार पहिलो खेल विहान ९ बजे सुरु हुनेछ । पहिलो खेलमा बाल शिक्षा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय भिड्नेछन् । दिउँसो १ बजे हुने खेलमा त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा माध्यमिक विद्यालय भिड्ने उनले बताए ।

प्रतियोगिता अन्तर्गत बिहीबार क्वाटर फाइनलका दुई खेल भएका थिए । विजयी हासिल गर्दै बाल शिक्षा मध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय विजयी भएको संयोजक विकले बताए । पाँचौ दिनको पहिलो खेल बाल शिक्षा माध्यमिक विद्यालय र ग्रीनपिस सेकेण्डरी स्कुल चप्परगौडीबीच भएको थियो । ग्रीनपीसलाई हराउँदै त्रिभुवन दुई विकेटले विजयी भएको हो ।
त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी इंलिस मेडियम स्कूल भिडेका थिए । उक्त खेलमा त्रिभुवन मावि १६ रनले विजयी भएको खेल संयोजक विकको भनाइ छ । प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा भइरहेको छ ।






