घुयँत्राे:“नौलाे गाईलाई नौ पुला घाँस : जुम्ला फर्किए ज्ञानेन्द्र, कर्नाली फेरि आशामै अल्झियो !”

संसदलाई बहसमा उतार्ने र सरकारलाई खबरदारी गरेका सदनका लागि आबस्यक मान्छे मध्ये ज्ञानेन्द्र शाहि पनि एक हुन । त्यसैले ज्ञानेन्द्र शाहिले चुनाब जिताेस भन्ने कुरा ऐले भष्टाचारका विरुद्धमा धारणा बनाउनेे हरेकले चाहन्छन । त्यसैले पनि उनी सुरक्षित ठाउँबाट चुनाब लडून भन्ने कर्नालिबासीकाे चाहना हाे ।तर, मनाेनयन दर्ता अघिसम्म नेपाल अधिराज्यमै सबैभन्दा कमजाेर रहेकाे राप्रपा सुर्खेतलाई ज्ञानेन्द्रले किन चुनावी क्षेत्र राेज्दैछन भन्ने सबैलाई लागिरहेका बेला अन्तत उमेदवारी दर्ता गर्न पुरानै जिल्ला जुम्लानै फर्किएकाे समाचारले राप्रपा नै भएपनि ज्ञानेन्द्र शाहि जस्ता मान्छे चुनाब जितेर आउनुपर्छ भन्नेहरुका लागि चाहिँ उनी जुम्ला फर्केकाे खबर सुन्दा सबैलाई सकारात्मक नै लागेकाेछ । जतिसुकै राम्रो उमेदवार भएनि खासमा जुम्लिहरुले लगातार दाेहाेर्याएर चुनाब नजित्ने भएकाले सम्भब त उनले सुर्खेत जिप्ला पाटि भित्रका उपाध्यक्ष मुकुन्दश्याम गिरिकाे जिल्ला भएकाे र पाटिले उनलाई कार्वाहि गरि टिकट नदिएकाेले पनि याे जिल्ला र २ नम्बर निर्बाचन क्षेत्र बलियाे हाेला भन्ने साेच बनायर उनी सुर्खेत आउन खाेजेकाे हुन सक्छ भने जुम्लिहरुकाे बस्ति याे क्षेत्रमा धेरै भएकालेनि उनलाई याे जिल्लाबासीले सहयाेग गर्न सक्छन भन्ने लागेकाे हुन सक्छ ।
अनेकन अनुमान र गरिएका हल्लासितै ज्ञानेन्द्रले जुम्लिहरुलाई दम्काउका लागि पनि जुम्ला छाेडेकाे र अन्तत जुम्लिहरु कायल भएर फेरि जुम्लानै बाेलाएकाे भन्ने पनि सुनिदैछ । जुम्लिहरुले बाेलाउँदैमा ईमान्दारी पूर्वक उनलाईनै भाेट दिन्छन भन्ने ग्यारेन्टी त छैन तर पनि जे हाेस सरकारलाई खबरदारी गर्न र सदनमा राम्रो कानुन ल्याउन ज्ञानेन्द्रजस्ता मान्छे चाहिने भएकाले जे भयाे ऐलेलाई राम्रो भएकाेछ । अब जुम्लिले ज्ञानेन्द्रलाई धाेका नदिएर चुनाबमा जिताउनु पर्छ ।खासमा हामी भष्टाचारीले चुनाब नजितुन भन्ने चाहन्छाैँ ।उनकाे आजसम्मकाे चरित्रलाई हेर्दा भष्टाचारी हाेईनन र भष्टाचार गर्दैनन भन्ने लाग्छ । त्यसैले कर्नालिका पूराना प्रतिनिधि मध्ये ज्ञानेन्द्र शाहिले जित्नु पर्छ भन्ने चाहना कर्नालिबासीकाे छ । तर जुम्लिहरुले ईमानदारीपूर्बक भाेट हाल्लान त्यस्ताे लाग्दैन । किन त भन्दा जेनजी आन्दोलनका चर्का चर्का जेनजीहरु त्यतैछन । जेनजीहरु याे चुनाबमा पैलाे पटक माओवादिले चुनाब लडदा जनतालाई तर्साउन जसरि अनेकथरिका डर देखाएर चुनाबमा बहुमत ल्याएका थिए ठिक त्यसै गरि ऐलेकाे जेनजी ( रास्वपा) ले नि त्यै हतकण्डा अपनाउने सुनिदैछ । यदि त्यसाे भयाे भने देशैभर सदनका लागि आबस्यक मान्छे नआउननि सक्छन । जनताले पुराना दलका कसैलाई नि मत नदिने अनि नयाँदलका उदण्डलाई मात्रै चुनाब जिताएर देशकाे भष्टाचार अन्त्य हुन्छ भन्ने साेच बनाएरै चुनाबि मानसिकतामा बसेका हुन भने जनताका हातबाट बनाईका प्रतिनिधिले फेरि पनि देश र जनताकाे हित र समृद्धिका लागि काम गर्छन त्यस्ताे लाग्दैन । तर पनि राप्रपा हुनकि रास्वपा तिनले पनि देश र जनताका लागि केही गर्ने प्रण गरेर आए हुन्थ्याे , २ दिनमै देश डढाएर सखाप बनाएकाे घटनाले त्रसित बनेका जनता याे पटककाे चुनाबमा भने कुनै पनि दलसित खुलेर लाग्नेवाला छैनन । तर पनि हेरम् “नाैलाे गाईलाई नाै पुला घाँस भन्ने नेपाली उखान ” चरितार्थ हुन्छ कि ? अरु के ई ।






