कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

गाेल्डेन बुढा

जुम्ला,८ मााघ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईएका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुरा हुने सहितलाई जोडेर कुल मतदाता संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो। जुन २०७९ को निर्वाचनको तुलनामा १ लाख २८ हजारभन्दा बढी वृद्धि हो।

अघिल्लो निर्वाचनमा कर्णालीमा ९ लाख ८ हजार ४ सय ३३ मतदाता थिए।जसमा सबैभन्दा बढी मतदाता संख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ ।जसमध्ये पुरुष १ लाख २१ हजार ८ सय ८९, महिला १ लाख २७ हजार ५४ जना छन् ।भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता संख्या छ ।पुरुष ११ हजार ९ सय २८ महिला १२ हजार १ सय ८७ जना छन्।त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९ जना मध्ये पुरुष ८३ हजार ३ सय २१ जना महिला ७९ हजार १ सय २८ छन् ।दैलेखमा एक लाख ६१ हजार दुई सय चार मतदाता मध्ये पुरुष ८१ हजार ९९ जना महिला मतदाता ८० हजार १ सय ५ जना छन्।जाजरकोटमा एक लाख सात हजार ९१ मतदाताहरु मध्ये पुरुष ५६ हजार ७ सय ५ जना महिला मतदाता ५० हजार तीन सय ८४ छन्।

यस्तै रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६० मतदाता मध्ये पुरुष ५४ हजार २ सय ६३ छन् ।भने महिला मतदाताहरु ५२ हजार ३ सय ९६ जना छन्।यस्तै कालीकोटमा ८४ हजार छ सय ४६ छन् । जसमध्ये पुरुषहरु ४४ हजार ६ सय ३ जना,महिलाहरु ४० हजार ४३ जना छन्। यस्तै जुम्लामा मतदाता ७१ हजार सात सय ३९ मध्ये पुरुष ३७ हजार ४ सय ५९ जना महिला ३४ हजार दुई सय ८० छन। मुगुमा ३६ हजार ३१ मतदाता मध्ये पुरुष १८ हजार ५ सय ९८ जना महिला १७ हजार ४ सय ३३ छन्। र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता संख्या छ।पुरुष १८ हजार २१ छन् ।भने महिला १६ हजार ३ सय ५१ जना छन्।त्यस्तै, १० जिल्लाक लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाईंले जनाए। सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेकाे उनलेे बताए।त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।सूचना अधिकारी चौलागाईका अनुसार विसं.२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् ।

जसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता छ।यस्तै कर्णालीमा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र तोकिएका छन् । सुर्खेतमा सबैभन्दा धेरै १ सय ४० मतदान स्थल र ३ सय २ मतदान केन्द्र निर्धारण गरिएको छ । दैलेखमा १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र, जाजरकोटमा ८८ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र तथा रुकुमपश्चिममा ७६ मतदान स्थल र १ सय ४० मतदान केन्द्र तोकिएका छन् ।यस्तै सल्यानमा १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र, जुम्लामा ८३ मतदान स्थल र १ सय ८ मतदान केन्द्र, कालिकोटमा १ सय ३ मतदान स्थल र १ सय २७ मतदान केन्द्र, हुम्लामा ६० मतदान स्थल र ६४ मतदान केन्द्र, मुगुमा ६७ मतदान स्थल र ६९ मतदान केन्द्र तथा डोल्पामा ६८/६८ मतदान स्थल र केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेकाे छ।३ सय १ सामान्य र ६ सय ५१ मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ।प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनमा प्रदेशभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ ।

कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

घुयँत्राे:“नौलाे गाईलाई नौ पुला घाँस : जुम्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *