निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सिसिआर कर्णालीको अपिल

कर्णाली ,८ माघ।

आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको समग्र प्रक्रिया सुरु भएसँगै निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग हुनसक्ने जोखिमप्रति बालअधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल सिसिआर कर्णालीले गम्भीर ध्यानाकर्षण गराउँदै सम्पूर्ण राजनीतिक दल, दलगत संगठन तथा स्वतन्त्र उम्मेदवारलाई सचेत र संयमित रहन हार्दिक अपिल गरेको छ।

सिसिआर कर्णालीले लोकतान्त्रिक अभ्यासलाई मर्यादित, निष्पक्ष र अधिकारसम्मत बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ। निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद २ अन्तर्गत दफा ४ (ग) र (छ) ले बालबालिकालाई कुनै पनि निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको स्मरण गराउँदै विद्यालय तथा शैक्षिक परिसरलाई राजनीतिक गतिविधि, प्रचारप्रसार वा शक्ति प्रदर्शनका माध्यमका रूपमा प्रयोग गर्न नपाइने व्यवस्था पनि रहेको जनाएको छ।
तर हालै मनोनयन दर्तालगायत विभिन्न निर्वाचन लक्षित गतिविधिमा १८ वर्षमुनिका बालबालिकाको प्रयोग भएको देखिनु गम्भीर चिन्ताको विषय भएको सञ्जालको ठहर छ। यस्ता अभ्यासले कानून र आचारसंहिताको उल्लङ्घन गर्नुका साथै नेपालले बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि र प्रतिबद्धतामाथि समेत आघात पुर्‍याउने सिसिआर कर्णालीले जनाएको छ। साथै यसले बालबालिकाको शारीरिक, मानसिक र नैतिक विकासमा नकारात्मक असर पार्ने चेतावनी पनि दिइएको छ।

यसै कारण निर्वाचनको सम्पूर्ण प्रक्रियामा १८ वर्षमुनिका अवोध बालबालिकालाई कुनै पनि रूपमा प्रयोग नगर्न सिसिआर कर्णालीले सम्पूर्ण राजनीतिक दल, दलगत संगठन र स्वतन्त्र उम्मेदवारलाई पुनः हार्दिक अपिल गरेको छ।
अन्त्यमा बालबालिकाको अधिकार र गरिमालाई केन्द्रमा राख्दै सुरक्षित, मर्यादित र जवाफदेही निर्वाचन वातावरण निर्माण गर्न सबै सरोकारवाला आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरिएको छ।
“जय बालबालिका, जय बालअधिकार” भन्ने नारासहित सिसिआर कर्णालीले आफ्नो अपिल सार्वजनिक गरेको छ।

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सिसिआर कर्णालीको अपिल

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका

Leave a comment

Your email address will not be published. Required fields are marked *