पार्टीबाट पेलिएपछि युवा नेता भुपेन्द्रजंग शाहीको स्वतन्त्र उम्मेदवारी

हस्त चाैलागाँइ
कालिकाेट,८ माघ।
नेपाली कांग्रेसभित्र निरन्तर उपेक्षा र दबाबमा परेपछि युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीभित्र लामो समय योगदान दिए पनि न्याय नपाएको निष्कर्षसहित शाही चुनावी मैदानमा उत्रिएका हुन्।
नेपाल तरुण दलका महामन्त्रीसमेत रहेका शाहीले विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्दै संगठन निर्माण, आन्दोलन र चुनावी मोर्चामा उल्लेखनीय भूमिका खेलेका छन्। पार्टीलाई संकटका बेला साथ दिएको, गाउँ–गाउँमा संगठन विस्तार गरेको र युवालाई राजनीतिमा जोड्ने काममा अग्रसर रहँदै आएका शाहीमाथि अन्तिम समयमा टिकटमा बेवास्ता भएपछि स्वतन्त्र उम्मेदवारी अपरिहार्य बनेको उनको पक्षको दाबी छ।
पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै शाही स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेपछि कालिकोटको निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक समीकरण फेरिएको छ। भेगिय र जनस्तरीय समर्थन तीव्र रूपमा बढ्दै जाँदा शाहीको उम्मेदवारीलाई निर्णायक मोडका रूपमा हेरिन थालिएको छ।
कालिकोटको चुनाव अब दलभन्दा बाहिर उभिएको एक अनुभवी युवा नेताको जनपरीक्षामा प्रवेश गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

कालिकोटमा १४ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तात्यो

कालिकोट जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि कुल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला दुई निर्वाचन क्षेत्रमा विभाजित हुँदा दुवै क्षेत्रमा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
निर्वाचन क्षेत्र नम्बर १ बाट ४ जनाको उम्मेदवारी दर्ता भएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका चर्चित युवा नेता भुपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएसँगै चुनावी राजनीति नयाँ मोडमा पुगेको छ। शाहीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट नन्दबहादुर शाही उम्मेदवार बनेका छन्।
निर्वाचन क्षेत्र नम्बर २ बाट १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट महेन्द्रबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन् भने सोही पार्टीका जीवनबहादुर बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट नगिन्द्र शाही (नेशनल), नेपाली कांग्रेसबाट हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश न्यौपाने, नेकपा माओवादी केन्द्रबाट खड्गबहादुर विश्वकर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने, देशभक्त समाजबाट प्रेमसिंह तिरुवा तथा स्वतन्त्रतर्फ मानबहादुर तिरुवा र अस्मिन बिष्ट उम्मेदवार बनेका छन्।
भौगोलिक दृष्टिकोणले साविकका ३० गाविसमध्ये निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत १७ गाविसबाट १० जना उम्मेदवार र निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत साविक १३ गाविसबाट ४ जनाको उम्मेदवारी परेको छ।
विशेषगरी नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि कालिकोटको चुनावी माहोल निकै तातेको छ। भेगिय आधारमा हेर्दा शाहीको पक्षमा जनसमर्थन अनुकूल देखिँदा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

पार्टीबाट पेलिएपछि युवा नेता भुपेन्द्रजंग शाहीको स्वतन्त्र उम्मेदवारी

हुम्लाको विकास सूचक र भविष्य

पार्टीबाट पेलिएपछि युवा नेता भुपेन्द्रजंग शाहीको स्वतन्त्र उम्मेदवारी

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका

Leave a comment

Your email address will not be published. Required fields are marked *