आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी

बाँके ,७ माघ।

कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ को चौथो दिन दुई खेल भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो दिन दुई खेल भएका हुन् । कोहलपुर क्रिकेट मैदानमा पहिलो खेल ज्ञान ज्योति मावि र सगरमाथा स्कुलबीच भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले १३.४ ओभरमा अलआउट हुँदै ५७ रन बनाएको थियो । ५८ रनको सामान्य लक्ष्य पाएको ज्ञान ज्योतिले ८.४ ओभरमै अलआउट हुँदै जम्मा ४१ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा सगरमाथा १६ रनले विजयी भएको खेल संयोजक मदन विकले बताए । खेलमा म्यान अफ द म्याच सगरमाथाकी करिष्मा शाही भइन् । उनलाई समाजसेवी चिन्तामणी धितालले पुरस्कार वितरण गरेका थिए ।

यस्तै दोस्रो खेल लक्ष्मी मावि र एभरेष्ट सैनिकबीच भएको हो । दोस्रो खेलमा लक्ष्मी मावि विजयी भएको संयोजक सुनारले बताए । टस जितेर पहिला व्याटिङ गरेको एभरेष्ट सैनिकले १० ओभरमा अलआउट हुँदै ४९ रन बनाएको थियो । गिता परियार म्यान अफ द म्याच घोषणा भएकी छन् । प्रतियोगितामा १३ विद्यालय सहभागी छन् । संयोजक विकले प्रतियोगिताको पाँचौ दिनपनि दुई खेल हुने जानकारी दिए । प्रतियोगिता कोहलपुर–११स्थित कोहलपुर क्रिकेट मैदानमा भइरहेको छ ।

आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी

हिमा–सिंजामा चुनावी अन्योल

आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी

जैविक चौतारीबाट संरक्षणका सवाल, चुनौती र अवसरबारे

Leave a comment

Your email address will not be published. Required fields are marked *