खाँडाचक्र नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

हस्त चाैलागाँई
कालिकाेट ,८ फाल्गुन।

प्रजातन्त्र दिवसको अवसरमा खाँडाचक्र नगरपालिका मा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नगर उप–प्रमुख गणेश बहादुर शाही को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय उपसभामुख यसोदा न्यौपाने को प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाही तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईं को विशेष आतिथ्यता रहेको थियो।


हाजिरी जवाफ प्रतियोगितामा खाँडाचक्र नगरपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयबाट ३३ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने सहभागीहरूलाई स्टेशनरी सामग्रीसहित नगद पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रमले विद्यार्थीहरूमा प्रजातान्त्रिक मूल्य–मान्यता, ज्ञान–विज्ञान तथा प्रतिस्पर्धात्मक क्षमता विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शुभकामना मन्तब्य राख्दै खाँडाचक्र नगरपालिका का स्टोर शाखा प्रमुख दर्ब बहादुर शाही ले प्रजातन्त्र दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईले
प्रजातन्त्र दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितालाई शैक्षिक विकाससँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिनुपर्ने बताए ।
“प्रजातन्त्र केवल राजनीतिक व्यवस्था मात्र होइन, यो चेतना, ज्ञान र संस्कारसँग जोडिएको मूल्य हो उनले भने विद्यार्थीहरूलाई यस्ता प्रतियोगितामार्फत लोकतान्त्रिक सोच, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास गराउन सकिन्छ। खाँडाचक्र नगरपालिकाले आगामी दिनमा पनि शिक्षा, युवा र बौद्धिक गतिविधिमा केन्द्रित कार्यक्रमहरूलाई निरन्तर प्राथमिकता दिनेछ।

खाँडाचक्र नगरपालिका मा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही ले वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएसँगै जनताले अधिकार, स्वतन्त्रता र आवाज पाउने बाटो खुलेको हो। यो केवल राजनीतिक परिवर्तन मात्र होइन, सामाजिक, शैक्षिक र सांस्कृतिक चेतनाको सुरुवात पनि हो। आजका विद्यार्थीहरू नै भोलिका नेतृत्वकर्ता हुन्, उनले भने बौद्धिक कार्यक्रममार्फत उनीहरूमा राष्ट्रियता, लोकतान्त्रिक मूल्य र जिम्मेवारीबोध विकास गर्नु अत्यन्त आवश्यक छ।”
कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय उपसभामुख यसोदा न्यौपाने ले प्रजातन्त्र दिवसको महत्व र वर्तमान पुस्ताको भूमिकामाथि जोड दिईन् ।
उनले भनिन् प्रजातन्त्र केवल सत्ता परिवर्तनको इतिहास होइन, यो जनताको अधिकार, चेतना र सहभागिताको निरन्तर प्रक्रिया हो। २००७ सालको आन्दोलनले नेपाली जनतालाई बोल्ने, सोच्ने र निर्णय गर्ने अधिकार दियो। आजका विद्यार्थीहरूमा ज्ञान, विवेक र जिम्मेवारीबोध विकास गर्नु नै प्रजातन्त्रलाई बलियो बनाउने आधार हो। यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमहरूले लोकतान्त्रिक संस्कार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

कार्यक्रम संचालक तथा शिक्षा शाखा प्रमुख बलिराज शाहीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञानसँगै अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्नेमा जाेड दिए । खाँडाचक्र नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि निरन्तर यस्ता रचनात्मक कार्यक्रमहरू अघि बढाउनेछ।


खाँडाचक्र नगरपालिका का नगर उप–प्रमुख गणेश बहादुर शाहीले प्रजातन्त्र दिवसको अवसरमा आयोजित यस्ता बौद्धिक कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ। खाँडाचक्र नगरपालिकाले शिक्षामूलक गतिविधिलाई सधैं प्राथमिकतामा राख्ने बताएका छन् ।
हाजिरी जवाफ प्रतियाेगितामा जनजिवन माबि ताडि प्रथम,सरस्वती माबि दाहा द्वितीय र पंचदेब माबि मान्म तृतिय भएका छन् ।

खाँडाचक्र नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

खानेपानी बिनाको बाइराका गाउँ

खाँडाचक्र नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपालगन्ज–१८ मा कमरुद्दिन राईको घरदैलो तीव्र १०३

Leave a comment

Your email address will not be published. Required fields are marked *