‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्‌’

कैलाली, ८ फागुन । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको बाटोमासँगै हिँड्न सबै नेपालीलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको धारणा राखे ।

मुख्यमन्त्री शाहले संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्वको लागि निर्वाचन बाहेक अर्को विकल्प हुनै नसक्ने बताए । उनले नेपालको सार्वभौसत्ता, भौगोलिक अखण्डता, राष्टिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरे । वि.सं. २००७ को क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्‌’

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्‌’

फागुन ७ ऐतिहाँसिक होः मुख्यमन्त्री कँडेल

Leave a comment

Your email address will not be published. Required fields are marked *