कार्यसम्पादनका आधारमा पुर्णचन्द्र काफ्ले रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पदमा सिफारिस

हस्त चाैलागाँई
कालिकाेट ,८ फाल्गुन।
नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालय मातहतको काेष तथा लेखा नियन्त्रण कार्यालय, कालिकोट तथा बढुवा समितिको सचिवालय, कालिकोटद्वारा प्रकाशित सूचनाअनुसार नेपाल प्रशासन सेवा, लेखा समूह अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पदमा बढुवाका लागि पुर्णचन्द्र काफ्लेलाई औपचारिक रूपमा सिफारिस गरिएको छ।
लोक सेवा आयोगको बढुवा सूचना नं. २५०/०८२–८३ अनुसार गरिएको कार्यक्षमता मूल्याङ्कन, सेवा अवधि, अनुभव र मूल्याङ्कनका आधारमा बढुवा समितिको निर्णयअनुसार काफ्लेलाई बढुवाका लागि योग्य ठहर गर्दै सिफारिस गरिएको हाे । निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) को दफा २० (४) (क) र दफा २४ (च) अनुसार प्रक्रिया पूरा गरी सिफारिस गरिएको जनाइएको छ।
हालसम्म खाँडाचक्र नगरपालिकामा कार्यरत रहेका काफ्ले बढुवा भएसँगै काेष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटमा पदस्थापनका लागि सिफारिस भएका हुन्। सूचनामा उल्लेख भएअनुसार उनको हालको कार्यरत कार्यालय खाँडाचक्र नगरपालिका कालिकोट र सिफारिस गरिएको कार्यालय काेष तथा लेखा नियन्त्रण कार्यालय कालिकोट रहेको छ।
खाँडाचक्र नगरपालिकामा लामो समय कार्यरत रहँदा काफ्लेले लेखा व्यवस्थापन, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली, बजेट कार्यान्वयन तथा सार्वजनिक खर्चको पारदर्शितामा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीय तहका कर्मचारी तथा सरोकारवालाहरूको भनाइ छ। आर्थिक प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित र जिम्मेवार बनाउने कार्यमा उनको भूमिका प्रभावकारी रहेको प्रतिक्रिया पाइन्छ।
उनको बढुवा सिफारिससँगै कालिकोट जिल्लाको वित्तीय प्रशासनिक संयन्त्र अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। अनुभवी, दक्ष र जिम्मेवार कर्मचारीका रूपमा परिचित काफ्लेको नयाँ जिम्मेवारीले सरकारी कोषको सदुपयोग, लेखा नियन्त्रण प्रणाली सुदृढीकरण र सार्वजनिक सेवामा पारदर्शिता तथा उत्तरदायित्व थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यसम्पादनका आधारमा पुर्णचन्द्र काफ्ले रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पदमा सिफारिस

कोइरापर्व : जोडु गाउँमा प्रजातन्त्र दिवसको मौलिक

Leave a comment

Your email address will not be published. Required fields are marked *