सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ, ७ फागुन । 

सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्‌नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र विहिबार सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले बुधबार राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

नौ लाख उनान्चालिस हजार राजस्व असुली

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

Leave a comment

Your email address will not be published. Required fields are marked *