नौ लाख उनान्चालिस हजार राजस्व असुली

सुर्खेत, ७ फागुन ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।
त्यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।





