माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो 

दाङ, ५ माघ । 

थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निर्क्यौल त्यही २ गतेको भेलाले गर्ने गर्थ्यो ।

त्यसपछि माघ महिनाभर केटाका लागि केटी र केटीका लागि केटा तयार गरेर बिहेको समय टुङ्गो लगाएर विवाह गरिदिने चलन थियो । तर, अहिले त्यो चलन लोप हुन लागेको थारू अगुवा खुसीराम चौधरीले बताए । “पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, तर अहिले त्यो चलन हरायो”, उनले भने ।

यसरी मागी विवाह गर्ने चलन रहे पनि अहिले आफैँ भागेर पनि विवाह गर्ने तथा आफूले रोजेको केटासँग आफैँ बिहे गरेर जाने भएकाले त्यो चलन हराउँदै गएको चौधरीको भनाइ छ । यसरी आफैँ विवाह गर्ने चलन बढेपछि गाउँको बैठकमा विवाहको कुराले खासै प्रवेश नपाउने गरेको उनले बताए । थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । महिनाभरि नै थारू समुदायले माघी मनाउँछन् ।

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो 

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट 

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो 

अतिविपन्न बालबालिकालाई सघाउँदै सामुदायिक वन

Leave a comment

Your email address will not be published. Required fields are marked *