जुम्लाका आठ विद्यालयका २४ विद्यार्थी तीन दिने वातावरणीय अभियानमा

काली बहादुर परियार
जुम्ला ,६ फाल्गुन ।

जलवायु परिवर्तनको बढ्दो असर बिच जुम्लामा विद्यालय स्तर बाटै वातावरण संरक्षणको अभियान सुरु गरिएको छ । जलवायु परिवर्तन तथा वातावरण अनुकूलनलाई व्यवहारमा उतार्ने उद्देश्य सहित तीन दिने कार्यक्रम बुधबार देखि औपचारिक रूपमा सुरु गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजना तथा स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रममा सामुदायिक आठ विद्यालय बाट छनोट गरिएका २४ जना विद्यार्थी सहभागी छन् ।

कार्यक्रमले विद्यालयमा मात्र सीमित नभई समुदायस्तरमै वातावरणीय सचेतना फैलाउने लक्ष्य रहेकाे नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियाेजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिइन् ।

अधिकृत सुवेदीका अनुसार, जलवायु परिवर्तनका कारण जुम्लामा देखिएका असर अनियमित वर्षा, सुक्खा, बाढी पहिरो र कृषि उत्पादनमा गिरावट बारे प्रस्तुति दिँदै स्थानीय अनुकूलन उपाय बारे जानकारी गराइन् । उनका अनुसार कार्यक्रम पछि सहभागी विद्यार्थीहरू आफ्नो विद्यालय र समुदायमा परिवर्तकका रूपमा सक्रिय हुने अपेक्षा गरिएको बताइन् ।

उद्घाटन समारोहमा नेपाल रेडक्रस साेसाइटी जुम्लाका कार्यवाहक सभापति दल बहादुर महताराले जलवायु परिवर्तनको असर हिमाली भेगमा गम्भीर रूपमा देखिन थालेको भन्दै अब विद्यार्थी पुस्ता बाटै समाधान खोज्नुपर्ने धारणा राखे ।

उनले भने, हिमाल पग्लिँदैछ, पानीको स्रोत सुक्दैछ, खेतीपाती प्रभावित हुँदैछ । अब सचेतना मात्र होइन, व्यवहार परिवर्तन जरुरी छ । उनका अनुसार याे तीन दिने कार्यक्रम बाट सिकेका सिपले पछि वातावरण अनुकुलनका कार्यमा काम लाग्ने बताए ।

चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले विद्यालय शिक्षा प्रणालीमा वातावरणीय विषयलाई व्यवहारिक रूपमा जोड्न आवश्यक रहेको बताए । कक्षाकोठामा पढाइने पाठ्यक्रम सँगै यस्ता प्रयोगात्मक तालिमले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन भुमिका खेल्ने उनकाे भनाइ छ ।

सहजकर्ता तथा प्रशिक्षक खड्क प्रसाद शर्माले तीन दिन सम्म जलवायु परिवर्तनको आधारभूत ज्ञान, विपद् जोखिम न्यूनीकरण, वातावरण मैत्री अभ्यास तथा समुदायमा सचेतना फैलाउने सीप बारे प्रशिक्षण दिने जानकारी दिए ।

उनी नेपाल रेडक्रस जुनियर तथा युवा विभागका स्वयंसेवक सदस्य तथा ‘द चेन्ज मेकर’ अभियानका सक्रिय सदस्य हुन् ।
कार्यक्रम अन्तर्गत विद्यार्थीलाई समूहगत छलफल, प्रस्तुति, कार्ययोजना निर्माण र समुदायमा सचेतना अभियान सञ्चालन गर्ने अभ्यास गराइनेछ ।

आयोजकका अनुसार तालिमपछि प्रत्येक विद्यालयमा वातावरणीय क्लब सुदृढ गर्ने र हरित अभियान सञ्चालन गर्ने योजना रहेकाे छ ।

जुम्लाका आठ विद्यालयका २४ विद्यार्थी तीन दिने वातावरणीय अभियानमा

जुम्लाका आठ विद्यालयका २४ विद्यार्थी तीन दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *