कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्

बाँके ,६ फाल्गुन ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ । रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी समर्थकहरुको उत्साह, झण्डा र नाराले शहरको माहोल नै चुनावी रंगमा रंगिएको देखिन्थ्यो । विभिन्न समुदाय, वर्ग र उमेर समूहका नागरिकहरुको उपस्थितिले जसपाको स्थानीय संगठनात्मक शक्ति प्रदर्शन भएको आभास गराएको थियो । “यो चुनाव केवल चुनाव होइन, भाग्यको फैसला हो” कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुने निर्वाचनलाई केवल नियमित चुनावको रुपमा नहेर्न आग्रह गरे ।

 

उनले भने,“यो चुनाव जनताको भाग्य फैसला गर्ने अवसर हो । यसलाई सामान्य चुनावको रुपमा होइन, आफ्नो भविष्य तय गर्ने निर्णयको रूपमा लिनुपर्छ ।” उनले जनतालाई भावनात्मक रूपमा जोड्दै प्रश्न गर्दै भने, “कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए?” उनले आफू सधैं जनताको साथमा रहेको दाबी गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कोणसभामा बोल्दै राईले आफ्नो मुख्य प्रतिस्पर्धी इस्तियाक राइ माथि कडा टिप्पणी गरे । उनले नेपालगन्जमा ल्याइएका केही विकास योजनाको श्रेय गलत रूपमा लिइएको आरोप लगाए । उनले भने, “पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्जमा ल्याएको एडिबीको बजेटलाई इस्तियाक राईले आफैं ल्याएको भन्दै भ्रम फैलाइएको छ । जनताले सत्य बुझ्नुपर्छ ।” त्यसैगरी उनले “आकासे पुल कहाँ छ?” भन्दै विपक्षीलाई प्रश्नसमेत गरे । कमरुद्दिन राईले आफ्नो कार्यकालका केही उपलब्धिहरू प्रस्तुत गर्दै नेपालगन्जमा शिक्षा, स्वास्थ्य तथा धार्मिक संरचनामा उल्लेख्य सुधार भएको दाबी गरे । उनका अनुसार नेपालगन्जमा १२ करोड रुपैयाँ लागतमा हनुमान मन्दिर निर्माण भइरहेको छ । बागेश्वरी मन्दिरको जीर्ण अवस्था सुधार गरिएको छ । यस्तै भेरी अस्पतालको पूर्वाधार विकासमा जसपा नेतृत्वको योगदान रहेको उनले दावी गरे ।

 

उनले उपेन्द्र यादवको पहलमा स्वास्थ्य पूर्वाधार विस्तार भएको उल्लेख गरे । सभामा राईले बाँकेको दुडुवा गाउँपालिकाको अवस्था उल्लेख गर्दै अझै पनि खानेपानी र शौचालयजस्ता आधारभूत सुविधाको अभाव रहेको बताए । “त्यस्तो अवस्थामा विकास भयो भन्न मिल्दैन, विकास क्रमशः भइरहेको छ तर अझै धेरै काम बाँकी छ,” उनले भने ।

राईले चुनावी विकृति र पैसाको प्रभावप्रति असन्तुष्टि व्यक्त गर्दै मतदातालाई सचेत रहन आग्रह गरे । “पैसा र बिरियानीमा बिक्ने मत हामीलाई चाहिँदैन,” उनले स्पष्ट शब्दमा भने । उनले चुनाव अगावै जनताको सुखदुःखमा साथ दिने व्यक्तिलाई मात्र समर्थन गर्न आग्रह गरे । राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाति तथा मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताए । उनले भने, “मधेशी अधिकारको रक्षाका लागि मैले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद त्यागेर आएको हुँ । अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु ।” उनले राजनीतिलाई व्यक्तिगत धन आर्जनको माध्यम बनाउने उम्मेदवारलाई परास्त गर्न आग्रह गरे ।

उनले मतदातालाई आग्रह गर्दै भने, “इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्नुहोस् । चुनाव अगावै तपाईंको साथमा उभिनेहरूलाई सम्झनुहोस्, तर चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस् ।”

कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्

घुयँत्राे: “सरकारलाई दुर्गा एलर्जी: जहाँ प्रसाईं, त्यहाँ

कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्

कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *