प्रतिनिधिसभा निर्वाचनः निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ, ३ माघ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छभने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचनः निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई

प्रतिनिधिसभा निर्वाचनः निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

महिनावारीसम्बन्धि मार्गदर्शन सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *