राष्ट्रिय अपाङ् महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा धिताल 

सुर्खेत, २ माघ । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित भएका छन् । सम्पन्न कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिए ।

त्यस्तै, दुई मनोनितसहित सदस्यहरुमा झुपी राउत, रेनुका जैशी, सीता सिग्देल, जानकी पुन मगर, झक्कप्रसाद पोखरेल, काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, सङ्गीता बराल मगर, उत्तम विक, चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा निर्वाचित भएको उनले बताए ।

राष्ट्रिय अपाङ् महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा धिताल 

प्राकृतिक सन्तुलन राख्न मौरी पाल्न आवश्यक :

Leave a comment

Your email address will not be published. Required fields are marked *