चुनाव लाई लक्षित गर्दै जुम्लामा पुनर्ताजगी प्राथमिक उपचार तालिम

काली बहादुर परियार

जुम्ला ,२ फाल्गुन ।

। जुम्लामा दुई पुनर्ताजगी प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । चन्दननाथ नगरपालिका जुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको समन्वयमा उक्त तालिम सम्पन्न भएको हो । तालिम आसन्न फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै मानव जीवनमा आइपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट बच्ने र बचाउने उपाय तथा आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको खण्डमा बिरामीको अकालमा ज्यान जानबाट जोगाउने विषयमा सर्वसाधारणमा चेतना तथा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीेले जानकारी दिइन् ।

उनका अनुसार, यो कार्यक्रमले निर्वानका समयमा हुने बिभिन्न घटनामा घाइते भएकाहरुका लागि काम लाग्ने बताइन् । उनले भनिन्, यो तालिम लिएकाहरुले जिल्लामा मात्र काम गर्ने होइन् आवश्यक परे जिल्ला बाहिर पनि खटाइने उनको भनाइ छ । तालिममा चन्दननाथ नगरपालिका भित्रज्ञका वभिन्न वडाका गरि २० जना भन्दा बढीको सहभागीता रहेको परियोजना अधिकृत सुवेदीको भनाइ छ ।

ग्रामीण भेगमा आधारभूत प्राथमिक उपचार सेवा नपुगेको, स्वास्थ्य चेतनाको कमी तथा प्राथमिक उपचारकको अभावमा कैयौंले ज्यान समेत गुमाइरहेको तथ्यलाई मध्यनजर गर्दै प्राथमिक उपचार सम्बन्धी तालिम नागरिकका लागि महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको भनाइ छ । उनका अनुसार रेडक्रसको जन्म जब नेपालमा भयो तब देखि समाजमा यस्ता खालका कार्यक्रलम हुने गरेको बताए ।

उनले भने, यो खाली नाफामुलक संस्था रहेकाले हामी सेवामा मात्र समर्पित भएर काम गर्न पर्ने बताए । उनका अनुसार, हामी सबैले जुनसुकै काम पनि घर बाट सुरूवात गरे पछि गाउँ,टोल, शहर र बिश्व सफा सम्म फैलने बताए । निर्वाचनको समयमा कुनै पनि साना तिना चोट पटक लागेमा उपचार गर्ने तपाईं नै भएकाले यस्तो खालको कार्यक्रमले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले नागरिकको सुरक्षाको लागि संविधानलेनै मौलिक अधिकारका ेरुपमा व्यवस्था गरेकाले यस्ता कार्यक्रम व्यापक बनाउनु पर्नेमा जोड दिए । उनका अनुसार पछिल्लो समयमा हाम्रो मानवता केही कमजोर भएको छ । यो कार्यक्रमले आसन्न हुने प्रतिनिधि सभा निर्वाचनको समयमा सहज हुने र सबै क्षेत्रमा समन्वय र सहकार्य गरि काम गर्ने प्रतिबद्धता जनाए ।

दुई दिने प्राथमिक उपचार कार्यक्रमका सहभागी पुष्पा बिष्टले बिश्व भरि क्रियाशिल रहेको संस्थाले हाम्रो संघर्षरत जिवनका लागि उपयोगी हुने बताइन् । उनका अनुसार, हाम्रो ठाउँमा जुनसुकै समयमा पनि जस्तो सुकै चोटपटक लाग्ने हुदा यो कार्यक्रम बाट सिकेका कुरा व्यवाहारमा लागु गर्ने प्रतिद्धता जनाइन् । यस्तै सहभागी कमल बुढ्थापाले प्राथामिक उपचार भनेको चुनावका समयमा मात्र लागु नभएर जस्तो सुकै समयमा पनि लागु हुन सक्ने बताए । यस्ता खालका कार्यक्रमले हरेक क्षेत्रमा रहेका नागरिकका लागि महत्वपूर्ण रहेको बताए ।

चुनाव लाई लक्षित गर्दै जुम्लामा पुनर्ताजगी प्राथमिक उपचार तालिम

चुनाव लाई लक्षित गर्दै जुम्लामा पुनर्ताजगी प्राथमिक

Leave a comment

Your email address will not be published. Required fields are marked *